बेलायतमा भानुजयन्ती मनाइयो
मेरोन्यूज
२०७८ असार २६ गते १५:००

बेलायत । बेलायतस्थित साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् युकेका आयोजनामा शुक्रबार आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाइएको छ ।
नेपाल, भारत र बेलायतका सर्जकको सहभागिता रहेको भर्चुअल समारोहमा परिषद्का पदेन संरक्षक एवं बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीले नेपाली साहित्यको समृद्धिका लागि परिषद्लाई सहयोग गरिने जानकारी दिए ।
परिषद् नेपाल शाखाका सल्लाहकार प्रा डा देवीप्रसाद सुवेदीले आदिकवि भानुभक्तले रामायणमार्फत भाषिक एकता गरेको बताए । परिषद्का संस्थापक अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण तथा सर्जकलाई प्रोत्साहन गर्न परिषद्ले काम गरिरहेको बताए ।
परिषद्का अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले भानुभक्तले तत्कालीन समाजमा साहित्यिक जागरण अभियान शुरु गरेको बताए ।
सम्बन्धित









एमालेका नवनिर्वाचित अध्यक्ष ओलीले लिए शपथ
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
तरुलखेतीबाट २२ जनालाई रोजगारी, ७ लाख बचत
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
राष्ट्रिय महिला क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पाठक नियुक्त
प्रतिक्रिया