युरोकप २०२० फाइनल
इङ्ल्यान्ड र इटाली कस्ले बनाउँला इतिहास ?

काठमाडौँ । युरोकप २०२० को उपाधिका लागि आज आइतबार राति इंग्ल्याण्ड र इटालीबीच प्रतिस्पर्धा हुन लागेको छ । नेपाली समय अनुसार राति १२ः४५ बजे हुने भएको छ । वेम्बली स्टेडियममा हुने फाइनल खेलमा इंग्ल्याण्ड र इटालीबीच भिड्ने भएको हो ।
कूल २४ देशहरू सहभागी प्रतियोगितामा इटालीले स्पेनलाई पराजीत गर्दै फाइनल प्रवेश गरेको हो । यस्तै, इंग्ल्याण्डले डेनमार्कलाई पराजीत गरेको थियो ।
पहिलोपटक युरो च्याम्पियनशिपको फाइन प्रवेश गरेको इंग्ल्याण्ड उपाधि हात पार्ने योजनामा रहेको छ । यस्तै, एकपटक च्याम्पियन बनेको इटाली चौँथोपटक फाइनल प्रवेश गर्दै इतिहास दोहोर्याउने होडमा रहेको छ ।
दुवै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् । इटाली उत्कृष्ट टिम हो । पछिल्लो दुई वर्ष उनीहरू उत्कृष्ट लयमा देखिएका छन् ।
इटालीका लागि यो मुख्य प्रतियोगितामा १० औँ फाइनल यात्रा हो । यसअघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ ।
इंग्ल्याण्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट इटालीको अवरोध हटाएर इतिहास रच्ने योजनामा छन् । इंग्ल्याण्ड युरोकपको फाइनल खेल्ने १३ औँ राष्ट्र हो । यसअघि इंग्ल्याण्ड सन् १९६६ मा पहिलोपटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
यी दुई देशबीच २७ पटक प्रतिस्पर्धा भएको छ । जसमा इटालीले ११ खेल जितेको छ भने इंग्ल्याण्डले ८ खेलमा जित निकालेको छ । यस्तै, ८ खेल बराबरीमा रोकिएको थियो ।
युरोपियन च्याम्पियनशिप पहिलोपटक फ्रान्समा सन् १९६० मा आयोजना भएको थियो । नकआउट प्रतियोगिताको रूपमा स्थापित भएको यस प्रतियोगिताको पहिलो संस्करणमा चार टोली मात्र सहभागी भएका थिए ।
यस्तै, सन् १९८० मा ८ देश, सन् १६१६ मा १६ देश र सन् २०१६ मा २४ देशले युरोकप खेल्न थालेको हो ।

आयुश राठौर
मेरोन्युजकर्मी राठौर खेलकुद र कला सम्बन्धी विषयमा कलम चलाउँछन् ।

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया