एमाले स्थायी कमिटी बैठक ४ बजे बस्ने, माधव पक्षलाई आउन आग्रह

काठमाडौं । नेकपा एमाले स्थायी कमिटीको बैठक बस्ने भएको छ । केन्द्रीय पार्टी कार्यालय सचिव शेर बहादुर तामाङका अनुसार स्थायी कमिटीको बैठक ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।
स्थायी कमिटीको बैठकमा नेता माधव नेपाल पक्ष र माओवादी खेमाका स्थायी कमिटी सदस्यलाई पनि बोलाइएको छ । पार्टी एकता जोगाउन गठित कार्यदलको बैठक जारी रहँदा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । नेकपा एमालेभित्र एकताका लागि सहमति बन्न ढिलाई भइरेको छ ।
एकताका लागि कार्यदल स्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिएको थियो । तर, बिहान सवा ९ बजेबाट बसेको कार्यदलको बैठकले सहमति गरिसकेको छैन । शनिबार बसेको कार्यदलको बैठकपछि पत्रकारसँग कुरा गर्दै ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङले आइतबार बिहान ८ बजे सुखद समाचार आउने बताएका थिए ।
तर, नेता माधव कुमार नेपालले कार्यदलले पार्टी एकता जोगाउन तयार गरेको मस्यौदामा अदालतलाई प्रभाव पार्न शब्द राखेको भन्दै फिर्ता गरेका थिए ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया