नेपाली राष्ट्रिय फुटबल टोली पुरस्कृत

काठमाडौँ । ३७ वर्ष पछि घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज सरकारले नगदसहित पुरस्कृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई पुरस्कृत गरेका छन् । २३ खेलाडी र ३ प्रशिक्षक नगद पुरस्कारबाट पुरस्कृत भए । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई २–१ ले हराउँदै उपाधि जितेको थियो ।
सोही नेपाली टोलीलाई जनही ४ लाख नगदसहित पुरस्कृत गरेको हो । यस्तै प्रशिक्षकलाई सरकारले नगद २ लाख रुपैयाँ प्रदान गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा प्रधानमन्त्री केपी ओली उपस्थित भइ फाइनल खेल हेरेका थिए । सोही क्रममा विजेता लाई पुरस्कार दिने घोषणा गरेका थिए ।
थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४÷४ लाख दिने निर्णय गरेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सिफारिसमा सरकारले उपाधि विजेता खेलाडीलाई जनही ४ लाख दिने निर्णय गरेको थियो । फाइनलमा नेपाललाई उपाधि दिलाउन सजोक राई र विशाल राईले एक/एक गोल गरेका थिए ।
३७ वर्षपछि घरेलु भूमिमा उपाधि जितेको नेपालले सन १९८४ को सागमा घरेलु मैदानमा उपाधि जितेको थियो ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया