४५ देशका नागरिकले गरे सगरमाथाको आरोहण, झण्डै ४ अर्ब रुपैयाँ संकलन

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरसँगै विश्वभर ‘लकडाउन’ रहेको अवस्थामा ४ सय ५७ जनाले विश्वकै अग्लो सर्वोच्च शिखर सगरमाथा आरोह गरेका छन् । नेपालसहित ४५ देशका ४ सय ५७ नागरिकले सगरमाथा आरोह गरेका हुन् ।
पर्यटन विभागले फागुन अन्तिम सातादेखि सुरु भएको वसन्तकालीन हिमाल आरोहणको यो तथ्यांक आज आइतबार सार्वजनिक गरेको हो । विभागका अनुसार यसपटक सगरमाथा चुचुरोमा ७ जना नेपाली पुगेका छन् ।
कूल सगरमाथा आरोह गर्नेमा ४३ जना महिला र ४ सय १४ जना पुरुष रहेका छन् । यसपटक सगरमाथा आरोहण गर्ने नेपालीमा निजामती कर्मचारी युवराज धिताल, हेलिकप्टर पाइलट सोबित गौचन, हेलिकप्टर व्यवसायी फुर्वा छिरी शेर्पा, पर्यटन व्यवसायीद्वय रामशरण उप्रेती र टासीलाक्पा शेर्पा तथा पूर्णकुमार शेर्पा र सोनाम शेर्पा (बुवा–छोरा) नेपाली रहेका छन् । १२ जना नेपालीले सगरमाथा आरोहणमा असफल भए ।
आरोहणका क्रममा दुई जना नेपाली पथ प्रदर्शक (संखुवासभाका आङदोर्जी शेर्पा र पेम्बाटासी शेर्पा) तथा दुई विदेशी (अमेरिकी र स्विस) गरी चार जनाको सगरमाथामा मृत्यु भएको छ ।
यसपटक हिमाल आरोहणमा करिब पौने ४ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्राको कारोबार भएको विभागको अनुमान रहेको छ । विभागले हिमाल आरोहणमा जानेबाट यस सिजनमा सलामी दस्तुर मात्रै करिब ५४ करोड ९२ लाख संकलन गरेको थियो ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
हर्क साम्पाङले मागे बालेनको राजिनामा
प्रतिक्रिया