एमालेको स्थायी कमिटी बैठक सर्वोच्चको फैसलापछि मात्रै

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको स्थायी कमिटी बैठक आगामी मंगलबार बिहान ११ बजे बस्ने भएको छ । आज ४ बजे बस्ने भनिएको बैठक बस्न नसकेपछि मंगलबारका लागि बोलाइएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेभित्रको आन्तरिक विवाद मिलाउन बसेको कार्यदलको बैठकमा सहमति आउन नसकेपछि आजको बैठक स्थगित भएको थियो । ‘आज बस्ने भनिएको बैठक बस्न सकिएन, आगामी बैठक असार २९ गते बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ,’ उनले भने ।
कार्यदलबाट ठोस सहमति गरी स्थायी कमिटी बैठकबाट अनुमोदन गर्ने गरी बोलाइएको बैठक दुई दिन ढिला गरी सरेको हो । प्रतिनिधिसभा विघटनविरुद्ध गठबन्धन पक्षले सर्वोच्च अदालतमा दायर गरेको रिटको अन्तिम फैसला भोलि सोमबार भएसँगै एमालेको स्थायी कमिटी बैठक बस्ने गरी मिति सारिएको हो ।
















कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
कस्तो रहला आज देशभरको मौसम ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया