बाख्रापालन व्यवसाय प्रवर्दन गर्न किसानलाई बोयर बोका उपहार

महोत्तरी । जिल्लाको बर्दिबास नगरपालिकाका बाख्रापालक किसानले उन्नत जातको वंशवृद्धिका लागि बोयर जातको बीउ बोका पाएका छन् ।
नगरका १४ वटै वडा बस्तीका किसानलाई उन्नत जातको बाख्रा वंशवृद्धि गर्न बर्दिबास नगरपालिकाले वडैपिच्छे बीउका लागि एक÷एक वटा बोयर जातको बोका दिएको हो ।
सबै वडामा वडाध्यक्षको सिफारिसमा एक किसानलाई बोका पाल्ने गरी आइतबार जिम्मा लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेवतीप्रसाद पराजुलीले जानकारी दिए ।
वरपर बाक्लै वनक्षेत्र रहेको बर्दिबास नगरक्षेत्रमा बाख्रापालन गर्ने किसानको सङ्ख्या उल्लेख्य छ । किसानलाई व्यावसायिकरुपमै बाख्रापालनतर्फ आकर्षित गराउन बीउको बोयर बोका वडैपिच्छे एक/एकवटा दिइएको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ ।
बोका पाल्ने किसानले पालेको व्यवस्थापकीय खर्च जुटाउन प्रतिबाख्रा प्रजननबापत बढीमा २५० रुपैयाँ लिन पाउने गरी नियम बनाइएको छ ।
वडैपिच्छे एक/एक वटा बीउ बोका पुर्याउन खरिददेखि ढुवानीसमेत १४ वटा बोकामा १४ लाख १० हजार रुपैयाँ खर्च भएको पराजुलीले जानकारी दिए ।
अब चार महिनापछि प्रजनन क्षमताका हुने बोयर बोकाले नगर क्षेत्रमा उन्नत जातका बाख्राको वंश वृद्धि हुने नगर कार्यपालिकाको कार्यालयको अपेक्षा छ ।
खँदिलो जिउडालको हुने बाख्रामा बोयर जात उन्नत र चाँडै मासु बढ्ने मानिएको छ । वडैपिच्छे वितरण गरिएका बोयर बोकाबाट एक वर्षभित्र बस्ती बस्तीमा उन्नत जातका पाठापाठी ह्वात्तै वृद्धि हुने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए ।
बीउका लागि उन्नत जातको बोयर बोका आफ्नै बस्तीमा पाएपछि बाख्रापालक किसान उत्साहित भएका छन् ।
नगर कार्यपालिकाको कार्यालयले एक साता पहिलेमात्र नगरक्षेत्रका विभिन्न कृषक समूहमा आवद्ध किसानलाई सम्बन्धित वडा समितिको सिफारिसमा मासुजन्य पशु प्रवर्दन कार्यक्रमअन्तर्गत २५० राँगा र २५० वटा बाख्रा वितरण गरेको थियो ।
सो कार्यक्रम संघीय सरकारको साझेदारीमा गरिएको पराजुलीले जानकारी दिए । यो कार्यक्रमबाट कृषक समूहमा आवद्ध १०० परिवार किसान लाभान्वित भएका छन् ।









जेनजी आन्दोलनका सहिदः ‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
तरकारी खेतीबाट वार्षिक १० लाख बचत
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
‘बोलेरै खान्छ भन्थ्यौँ, त्यही विद्यार्थी मन्त्री बनेपछि खुसी छौँ’
एनपिएलः आज दुई खेल हुँदै
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
संयुक्त राष्ट्रसङ्घका मानवअधिकार प्रमुखद्वा्रा ‘जेनेरेटिभ एआई’ ले ल्याउनसक्ने समस्याबारे चिन्ता व्यक्त
प्रतिक्रिया