सङ्घीय नमूना युवा संसद शुरु

काठमाडौं । राष्ट्रिय युवा परिषद्ले युवालाई संसदीय गतिविधिका बारेमा सूसुचित गराउन आजदेखि ‘सङ्घीय नमुना युवा संसद’ सञ्चालन गरेको छ । प्रदेश नमुना नमुना युवा संसदबाट छनौट भएका देशभरिका ८० जना १६ देखि २४ बर्ष उमेरसमूहका युवालाई संसदीय प्रणालीबारे जानकारी गराउनका लागि भर्चुअलमाध्यमबाट सङ्घीय नमुना युवा संसद कार्यक्रम सञ्चालन गरेको हो ।
परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले युवालाई संसदीय व्यवस्था, लोकतन्त्र, मुलुक सञ्चालन र नेतृत्व विकास गर्नका लागि नमुना युवा संसद कार्यक्रम सञ्चालन गरिएको बताए । प्रदेश स्तरमा सैद्धान्तिक ज्ञान र नमूना प्रदेश सभा सञ्चालन गरिसकेका युवाहरु सङ्घीय युवा संसदमा सहभागी रहेका छन् ।
उनले नेपाल सरकारले जारी गरेको युथ भिजन अनुसार नै युवालाई नेतृत्व तहमा लैजानका लागि युवा संसद आयोजना गरिएको बताए । यसअघि तीन पटक सङ्घीय नमूना युवा संसद कार्यक्रम सञ्चालन भइसकेको छ । “युवालाई कानून, संविधान, सम्यताको ज्ञान र स्वयसेवकीको भाव, अधिकार कर्तत्व र दायित्व गराउनका सकिएन भने मुलुक समृद्धि तर्फ लैजान सकिदैन” उनले भने, “संविधानले सरकार कसरी सञ्चालन गर्दछ भन्ने कुरा सिकाउनका लागि नमूना संसदबाट युवाले सिक्ने छन् ।”
उनले लोकतन्त्र स्थायी राज्य व्यवस्था भएको र लोकतन्त्र संस्कृतिबारे युवालाई ज्ञान दिई अब्बल, योग्य नागरिक बनाउन संसदीय अभ्यास आवश्यक रहेको बताए । युवालाई मुलुकको शासकीय प्रणाली, संसदीय क्रियाकलापदेखि राज्य सञ्चालनबारे सुसूचित गराएर संसदीय अभ्यासमा सरकार गठन, विश्वासको मत, व्यवस्थापिका संसद् सञ्चालन गर्ने छन् ।
तीन दिनसम्म सञ्चालन हुने नमुना संसदमा सहभागि भएका युवा प्रधानमन्त्री, सभामुख, उपसभामुख, मन्त्री, सचेतक, प्रमुख सचेतक संसदीय दलका नेता र सांसद चयन हुने छन् । यसरी चयन गरिएका युवाले भोलिदेखि सङ्घीय व्यवस्थापिका संसद सञ्चालनको अभ्यास गर्नेछन् । परिषद्ले युवालाई संविधान, लोकतान्त्रिक व्यवस्था, संसदीय व्यवस्थाबारे जानकारी दिनका लागि हरेक बर्ष नमुना युवा संसद कार्यक्रम गर्दै आइरहेको छ ।
















उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार
हुम्लामा हिमपातले जनजीवन प्रभावित
रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आबेदन नपरेपछि पुनः माग
निर्वाचन ४० दिन : बाँकी समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया