एमाले स्थायी कमिटी बैठक बालुवाटारमा बस्दै
मेरोन्यूज
२०७८ असार २९ गते ८:२९

काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक बस्दैछ । दिउँसो १ बजे बालुवाटारमा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् ।
पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार आजका लागि केन्द्रीय कमिटी बैठकसमेत राखेको थियो। तर स्थायी कमिटी बैठक बसेपछि केन्द्रीय कमिटी कहिले बस्ने भन्नेबारे तय हुने छ ।
साथै वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष पनि स्थायी कमिटी बैठकमा जान सक्ने सम्भावना देखिन्छ । नेता नेपालले सोमबार विपक्षी गठबन्धनको छलफलमा आफू अब विपक्षी गठबन्धनबाट बाहिरिएर एमालेको आन्तरिक एकीकरणामा केन्द्रित हुने बैठकमा बताएका थिए ।
एमालेमा देखिएको विवाद समाधान गर्न कार्यदलले १० बुँदे प्रस्ताव तयार पारेको थियो। उक्त प्रस्तावलाई स्थायी कमिटीबाट अनुमोदन गर्ने तयारी छ।
सम्बन्धित
















महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
इन्डोनेसियामा पहिरो जाँदा ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
ग्रीनल्याण्ड विवादले अमेरिका–युरोप सम्बन्ध तनावपूर्ण
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
प्रतिक्रिया