राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा देउवा नियुक्त, सपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । सोमबार सर्वाेच्च अदालतले संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
आजै साँझ ५ वजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नै अदालतले भनेको थियो । सोही आधारमा राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका ष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जनकारी दिए ।
‘उहाँ (देउवा)लाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ ढकालले भने ।
योसँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।
उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए। उनलाई आजै साझसम्म सपथको पनि तयारी राष्ट्रपति कार्यालयले गरिरहेको छ । देउवाले आजै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन् । अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलपछि मन्त्री बन्नेको नाम टुंग्गो लाग्नेछ ।
सर्वोच्च अदालतमा दायर भएको विपक्षी गठबन्धनको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले प्रतिनिधिसभा पुनःस्थापना र सभापति देउवालाई प्रधानमन्त्री बनाउन निर्णय गरेको थियो ।
















भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया