राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा देउवा नियुक्त, सपथको तयारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । सोमबार सर्वाेच्च अदालतले संविधानको धारा ७६(५) अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो ।
आजै साँझ ५ वजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्नै अदालतले भनेको थियो । सोही आधारमा राष्ट्रपतिले देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका ष्ट्रपतिका प्रेस सल्लाहकार टिका ढकालले जनकारी दिए ।
‘उहाँ (देउवा)लाई प्रधानमन्त्री नियुक्त गरिसकिएको छ, सम्भवत सोको जानकारी नयाँ प्रधानमन्त्रीलाई पठाइसकिएको छ, सपथको तयारी हुँदैछ,’ ढकालले भने ।
योसँगै देउवा पाँचौंपटक प्रधानमन्त्री भएका छन् । उनी पहिलो पटक २०५२ सालमा प्रधानमन्त्री भएका थिए । त्यसपछि उनी २०५८ साल र २०६१ सालमा प्रधानमन्त्री भएका थिए।
उनी २०७४ सालमा चौथोपटक प्रधानमन्त्री भएका थिए। उनलाई आजै साझसम्म सपथको पनि तयारी राष्ट्रपति कार्यालयले गरिरहेको छ । देउवाले आजै सानो आकारको मन्त्रीमण्डल पनि विस्तार गर्ने तयारी गरेका छन् । अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको छलफलपछि मन्त्री बन्नेको नाम टुंग्गो लाग्नेछ ।
सर्वोच्च अदालतमा दायर भएको विपक्षी गठबन्धनको रिटमाथि अन्तरिम आदेश जारी गर्दै अदालतले प्रतिनिधिसभा पुनःस्थापना र सभापति देउवालाई प्रधानमन्त्री बनाउन निर्णय गरेको थियो ।















नेपाल राष्ट्र बैंकले आज (आइतबारका)का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
माघ १९ गते आइतबार, कुन राशिका लागि शुभ ?हेर्नुहोस् आजकाे राशिफल
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया