काठमाडौं उपत्यकाका सिडिओको बैठक बस्दै, भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी चल्न दिने तयारी

काठमाडौं । भोलिदेखि लामो दूरीका सार्वजनिक सवारी साधन चल्न दिने तयारी भएको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले आज बस्ने बैठकबाट निर्णय गर्ने भएका हुन् ।
लकडाउन खुकुलो भएको १० दिनपछि उपत्यकाका सिडिओले लामो दुरीको सवारी सञ्चालन दिन लागेको हो । तर अत्याधिक भिडभाड हुने क्षेत्र विद्यालय, सिनेमा हल, जिमखाना, स्वीमिङपुल, पार्टिप्यालेस, मठमन्दिरहरुको हकका पहिला कै नियम कायम गरिने बताइएको छ ।
ललितपुरका सिडिओ ढुण्डीप्रसाद निरौला सर्वसाधारण नागरिकलाई लक्षित गर्दै सार्वजनिक सवारी सञ्चालनको तयारी गरिएको बताए ।
उनका अनुसार ‘लामो दूरीका सार्वजनिक सवारी चलाउँदा अनिवार्य रुपमा स्वास्थ्य प्रोटोकल अपनाएर गाडी चल्न दिने भन्ने छ । जोर–बिजोरका आधारमा चल्न दिने कि अन्य प्रावधानबाट चल्न दिने भन्नेबारे आज बैठकले निर्णय गर्ने छ ।









डेङ्गीको सङ्क्रमण घट्दो क्रममा
जसपाद्वारा उमदेवारको नाम सिफारिस गर्न सर्कुलर
एमाले उपाध्यक्ष युवराज ज्ञवालीले गरे उम्मेदवार नबन्ने घोषणा
उज्यालो नेपाल पार्टीको भक्तपुर जिल्ला सभा सम्पन्न
मुग्लिन–पोखरा सडक शीघ्र सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
प्रतिक्रिया