कोभिडविरुद्धको खोपमा नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न निजी व्यावसायीहरुको सरकारसंग माग

काठमाडौं । उद्योग व्यवसायीहरुले कोभिड विरुद्धको खोपमा नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसंग माग गरेका छन् ।
विहिबार नीजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना तथा बधाई दिन गएका व्यवसायीले कोभिड महामारीको समयमा खाद्यान्न लगायत अत्यावश्यकिय वस्तु आपुर्तिमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिड विरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए ।
उनले भने “अहिलेको विषम परिस्थितिमा नीजि क्षेत्र आपुर्ति व्यवस्थापनमा लागेका छन् । उनीहरुले पनि खोपमा प्राथमिकता पाउनुपर्छ भनेर हामीले राख्यौ । त्यसलाई सम्माननीय प्रधानमन्त्रीले अलि बढी चिन्तन गर्नुहुन्छ भनेर हामीलाई भन यसबाहेक अहिले अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपर प्रस्तुत गर्यौ । त्यसमा सकारात्म रेस्पोन्स पनि आयो । त्यसको लागि अर्थमन्त्रीलाई पनि भेटेर प्रस्तुत गर्नु भन्ने निर्देशन पनि दिनुभयो ।”
नेपाल उद्योग वाणिज्य महासंघ शेखर गोल्छा, अध्यक्ष व्यवसायीहरुले विहिबार सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटी सफल कार्यकालको शुभकामना दिदै वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया