कोभिडविरुद्धको खोपमा नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न निजी व्यावसायीहरुको सरकारसंग माग

काठमाडौं । उद्योग व्यवसायीहरुले कोभिड विरुद्धको खोपमा नीजि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न सरकारसंग माग गरेका छन् ।
विहिबार नीजी क्षेत्रका व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना तथा बधाई दिन गएका व्यवसायीले कोभिड महामारीको समयमा खाद्यान्न लगायत अत्यावश्यकिय वस्तु आपुर्तिमा महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै कोभिड विरुद्धको खोपमा प्राथमिकतामा राख्न माग गरेका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले भेटघाटमा अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपरबारे पनि कुराकानी भएको र त्यसमा प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए ।
उनले भने “अहिलेको विषम परिस्थितिमा नीजि क्षेत्र आपुर्ति व्यवस्थापनमा लागेका छन् । उनीहरुले पनि खोपमा प्राथमिकता पाउनुपर्छ भनेर हामीले राख्यौ । त्यसलाई सम्माननीय प्रधानमन्त्रीले अलि बढी चिन्तन गर्नुहुन्छ भनेर हामीलाई भन यसबाहेक अहिले अर्थतन्त्रमा रहेका मुख्य समस्याहरु र उद्योग वाणिज्य महासंघले ल्याएको भिजन पेपर प्रस्तुत गर्यौ । त्यसमा सकारात्म रेस्पोन्स पनि आयो । त्यसको लागि अर्थमन्त्रीलाई पनि भेटेर प्रस्तुत गर्नु भन्ने निर्देशन पनि दिनुभयो ।”
नेपाल उद्योग वाणिज्य महासंघ शेखर गोल्छा, अध्यक्ष व्यवसायीहरुले विहिबार सिंहदरबारमा प्रधानमन्त्री देउवालाई भेटी सफल कार्यकालको शुभकामना दिदै वर्तमान अवस्थामा अर्थतन्त्रमा देखिएका समस्या सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए ।
















हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी
मुस्ताङमा निर्वाचन प्रहरी अपुग भएपछि तेस्रोपटक थप दुई दिन म्याद
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
सभापति बनेको ८ दिनपछि पार्टी कार्यालय प्रवेश गर्दै गगन थापा, प्रधानमन्त्रीको उम्मेदवार बनाइने
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
मनाङमा एमाले र राप्रपाका उम्मेदवारले फिर्ता लिए उम्मेदवारी
प्रतिक्रिया