चोरीका बीस मोबाइलसहित तीन पक्राउ
मेरोन्यूज
२०७८ असार ३१ गते २०:३०

काठमाडाैं । नेपाल प्रहरीले चोरीका २० मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले चोरीका २० मोबाइलसहित बारा निजगढका २२ वर्षीय विरस मगर, १८ वर्षीय समीर तामाङ र खोटाङ बतासेका १९ वर्षीय भीम राईलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेश बस्नेतले मोटरसाइकलमा हिँड्ने उनीहरुले बाटोमा हातमा मोबाइल लिएर हिँडेका र फोनमा कुरा गर्दै हिँड्नेको मोबाइल लुटेर भाग्ने गरेको जानकारी दिए । प्रहरीले पक्राउ परेकासँग २० थान मोबाइल बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
मौसम बदलीट: कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?
हामी देश बनाउने अभियानमा छौँ: अध्यक्ष ओली
हिमपातले अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग सञ्चालन
पाकिस्तानको उत्तरपश्चिममा हिमपहिरो, नौ जनाको मृत्यु
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
रास्वपाका उम्मेदवार जगदीश खरेललाई आयोगले सोध्यो तीन दिने स्पष्टीकरण
गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
सभापति बनेपछि पहिलोपटक पार्टी कार्यालय सानेपा जाँदै गगन
प्रतिक्रिया