‘बालिका वधु’की दादी सा’को निधन

काठमाडौँ । भारतीय टेलिभिजनकी दिग्गज अभिनेत्री ७५ वर्षीय सुरेखा सिकरीको निधन भएको छ । उनकी स्वकीय सचिवले उनको निधनको पुष्टि गरेका हुन् ।
कार्डियक अरेष्ट भएको उनलाई गत वर्ष पनि ब्रेन स्ट्रोक भएको थियो । यसपछि उनको स्वास्थ्य अवस्था थप जटिल बनेको थियो ।
नयाँदिल्लीमा जन्मिएकी सुरेखाले उत्तर प्रदेशको अल्मोडा र उत्तराखण्डको नैनीतालमा आफ्नो जीवन बिताएकी थिइन् । उनले अलीगढ मुस्लिम युनिभर्सिटीबाट आफ्नो पढाई पूरा गरिन् र नेशनल स्कुल अफ ड्रामामा अभिनय सिकेकी थिइन् ।
उनले सन् १९७८ मा फिल्म ‘किस्सा कुर्सीका’बाट अभिनय सुरु गरेकी थिइन् । यसपछि उनले कैयौं फिल्म र टेलिफिल्ममा अभिनय गरिन् ।
सुरेखाले चर्चित सिरियल ‘बालिका वधु’मा ‘दादी’को भूमिका निभाएकी थिइन् । यो भूमिका यति चर्चित भयो कि उनलाई जोकोहीले ‘दादी सा’ नामले बोलाउन थाले । अहिले उनलाई यही नामले बोलाउने गर्छन् ।
फिल्मको कुरा गर्दा उनले ‘तमास’, ‘हरी–भरी’, ‘जुबैदा’, ‘नजर’, ‘मामो’, ‘सरदारी बेगम’, ‘सरफरोश’, ‘बधाई हो’ मा अभिनय गरेकी छन् । उनले ‘तमास’, ‘मामो’ र ‘बधाई’का लागि नेशनल अवार्ड जितेकी छन् ।एजेन्सी
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया