ओलीले बैठक नरोक्ने अडान, एमाले एकता थप जटिल

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल पक्षको आग्रह अस्वीरका गरेका छन् । नेपाल पक्षले स्थायी समिति बैठक रोकेर पार्टी जोगाउन आग्रह गरेको हो ।
केही दिन बैठक रोकेर पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाललगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए ।
बैठकस्थल पुगेर रावलसहित नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न ओलीलाई आग्रह गरेका थिए । ओलीले बैठक नरोक्ने अडान दोहोर्याउँदै बैठक जारी राख्ने बताएका थिए । बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको बताए ।
‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक रोक्न प्रस्ताव राख्यौ’, रावलले भने । ओलीको अभिव्यक्ति र व्यवहारले एमाले पार्टी एकता जटिल बन्दै गएको रावलले बताए ।
















वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु
सातै प्रदेशमा कृषि गणना गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
प्रतिक्रिया