प्रधानमन्त्री देउवाले आज खोप केन्द्रहरुको निरीक्षण गर्ने
मेरोन्यूज
२०७८ साउन ४ गते ७:४१

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेका काठमाडौंका केन्द्रहरुको अनुगमन गर्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रधानमन्त्री देउवाले सोमबार बिहान काठमाडौंका उपत्यका भित्रका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र ललितपुरको पाटन अस्पताल, नेपाल अर्थोपेडिक अस्पतालमा सञ्चालित खोप केन्द्रको अनुगमन गर्ने छन् ।
अमेरिकाबाट ल्याइएको जोन्सन खोप दिने कार्यक्रम सुरु हुने दिन नै प्रधानमन्त्रीले खोप केन्द्रहरुको अनुगमन गर्ने भएका हुन् ।
आइतबार नै स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागका उच्च अधिकारीहरुसँग भेटेर खोप कार्यक्रमका लागि केन्द्र र जनशक्ति थप गरी व्यवस्थित गर्न प्रधानमन्त्री देउवाले निर्देशन दिएका थिए ।
।
सम्बन्धित
















राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रसेवकसँग छलफल गर्दै
ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया