महामारीका बीच साउनको पहिलो सोमबार भक्तजनको भीड (तस्वीरहरू)
जुली गिरी
२०७८ साउन ४ गते ११:४३
काठमाडौँ । साउन महिनाको पहिलो सोमबार शक्ति पिठहरूमा भक्तजनहरूको बाक्लो उपस्थिति रहेको छ । हिन्दु धर्मालम्बीहरूका लागि साउन महिना विशेष हुने गर्दछ ।
कोरोना भाइरस (कोभिड–१९) महामारीबीच शक्ति पिठहरूमा भक्तजनको बाक्लो उपस्थिति भएको हो ।
साउन महिनालाई भगवान् शिवको प्रिय महिना भनिन्छ । त्यसमध्ये पनि सोमबारको बढी महत्व हुने भएकाले पुजा पाठ गर्ने प्रचलन रही आएको छ ।
जुली गिरी
मेराेन्यूजकर्मी गिरी फाेटाे पत्रकारितामा सक्रिय छिन् ।
सम्बन्धित
प्रतिक्रिया