अभिनेता पुष्प खड्का भन्छन : ‘मेहनत गरे सोचेको पुग्छ ’

काठमाडौं । म्यूजिक भिडियोबाट आफ्नो करिअर सुरु गरेका अभिनेता पुष्प खड्काको अहिले नेपाली चलचित्रमा माग बढ्न थालेको छ । लामो समय म्यूजिक भिडियोमा काम गरेका उनले चलचित्र ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा काम गर्ने अवसर पाए । उनले मुख्य नायकको रुपमा काम गरेको चलचित्र भने ‘दर्पण छायाँ २’ हो । तर, यी दुवै चलचित्र बक्सअफिसमा असफल भए ।
चलचित्र ‘मंगलम’ ले उनको भाग्य बदलेको थियो । अहिले उनलाई चलचित्रको कमी छैन । पारिश्रमिक पनि आकर्षक बुझिरहेका छन् । म्यूजिक भिडियोमा पनि उनको माग लोभलाग्दो छ । चलचित्र र म्यूजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले ७० लाखको गाडी खरिद गरेका छन् । उनले हुन्डाइको क्रेटा गाडी आफ्नो घर भित्राएका हुन् ।
घर र गाडी जोडिसकेका उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई छ । उनले भने ‘सम्पत्ति आफ्नो आवश्यकता अनुसार जोड्दै जाने कुरा हो । तर, मेरो सधैं राम्रो कलाकार बन्ने नै सपना थियो र सधैंभरी रहिरहनेछ ।’ मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन दुःख नहुने उनको भनाई छ ।्
पहिलो म्यूजिक भिडियोमा तीन हजार पारिश्रमिक पाउँदाको क्षण सम्झँदै उनले सुनाए ‘पहिलो म्यूजिक भिडियोमा काम गरेबापत पाएको पारिश्रमिकबाटै मलाई अभिनयमा लागेर जीवन चलाउन सकिन्छ भन्ने लागेको थियो । मैले संघर्षको समयदेखि आजसम्म आमा बुबासँग पैसा मागेको छैन । मिहिनेत र आफूमा विश्वास गर्ने हो भने अभिनयमा लागेर सोचेका कुरा पूरा गर्न गाह्रो हुन्न ।’
निषेधाज्ञाभन्दा अगाडि उनी अभिनेत चलचित्र ‘कृष्ण लीला र मनसँग मन’ प्रदर्शनको मुखमा थियो । तर, कोरोनाले दुवै चलचित्रको रिलिज रोकियो । भने उनले अभिनय गरेको चलचित्र ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको पखाईमा छ । निषेधाज्ञा खुकुलो भएपछि पुष्प अहिले म्यूजिक भिडियोमा व्यस्त छन् । स्थिति सामान्य भएपछि उनी निर्देशक मुकुन्द भट्टको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सुनचाँदीको मूल्यमा केही गिरावट
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया