अभिनेता पुष्प खड्का भन्छन : ‘मेहनत गरे सोचेको पुग्छ ’

काठमाडौं । म्यूजिक भिडियोबाट आफ्नो करिअर सुरु गरेका अभिनेता पुष्प खड्काको अहिले नेपाली चलचित्रमा माग बढ्न थालेको छ । लामो समय म्यूजिक भिडियोमा काम गरेका उनले चलचित्र ‘अझै पनि’ मा सहायक अभिनेताको रुपमा काम गर्ने अवसर पाए । उनले मुख्य नायकको रुपमा काम गरेको चलचित्र भने ‘दर्पण छायाँ २’ हो । तर, यी दुवै चलचित्र बक्सअफिसमा असफल भए ।
चलचित्र ‘मंगलम’ ले उनको भाग्य बदलेको थियो । अहिले उनलाई चलचित्रको कमी छैन । पारिश्रमिक पनि आकर्षक बुझिरहेका छन् । म्यूजिक भिडियोमा पनि उनको माग लोभलाग्दो छ । चलचित्र र म्यूजिक भिडियोमा काम गरेरै कैलालीमा पक्की घर बनाएका पुष्पले ७० लाखको गाडी खरिद गरेका छन् । उनले हुन्डाइको क्रेटा गाडी आफ्नो घर भित्राएका हुन् ।
घर र गाडी जोडिसकेका उनी आफूले देखेका केही सपना पूरा हुँदै गएको बताउँछन् । तर, सम्पत्ति जोड्नु आफ्नो कहिल्यै ठूलो सपना नरहेको उनको भनाई छ । उनले भने ‘सम्पत्ति आफ्नो आवश्यकता अनुसार जोड्दै जाने कुरा हो । तर, मेरो सधैं राम्रो कलाकार बन्ने नै सपना थियो र सधैंभरी रहिरहनेछ ।’ मनोरञ्जन दुनियाँमा लागेर जीवन चलाउन दुःख नहुने उनको भनाई छ ।्
पहिलो म्यूजिक भिडियोमा तीन हजार पारिश्रमिक पाउँदाको क्षण सम्झँदै उनले सुनाए ‘पहिलो म्यूजिक भिडियोमा काम गरेबापत पाएको पारिश्रमिकबाटै मलाई अभिनयमा लागेर जीवन चलाउन सकिन्छ भन्ने लागेको थियो । मैले संघर्षको समयदेखि आजसम्म आमा बुबासँग पैसा मागेको छैन । मिहिनेत र आफूमा विश्वास गर्ने हो भने अभिनयमा लागेर सोचेका कुरा पूरा गर्न गाह्रो हुन्न ।’
निषेधाज्ञाभन्दा अगाडि उनी अभिनेत चलचित्र ‘कृष्ण लीला र मनसँग मन’ प्रदर्शनको मुखमा थियो । तर, कोरोनाले दुवै चलचित्रको रिलिज रोकियो । भने उनले अभिनय गरेको चलचित्र ‘तिम्रो मेरो साथ’ पनि प्रदर्शनको पखाईमा छ । निषेधाज्ञा खुकुलो भएपछि पुष्प अहिले म्यूजिक भिडियोमा व्यस्त छन् । स्थिति सामान्य भएपछि उनी निर्देशक मुकुन्द भट्टको नयाँ चलचित्रमा काम गर्ने तयारीमा छन् ।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया