जसपा आधिकारिता विवाद
साउन ११ गते जसपाका कार्यकारिणी समितिका ५१ जनाको सनाखत लिइने (निर्णय सहित)
सनाखतका लागि सक्लल नागरिकता सहित बोलाउने निर्वाचन आयोगको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा निर्वाचन आयोगले आयोगमा दर्ता भएको केन्द्रीय कार्याकारिणी समितिका सदस्ययहरु सवैको सनाखत गर्ने निर्णय लिएको छ । त्यसका लागि साउन ११ गतेको मिति तय गरिएको छ ।
तत्कालिन राजपा र समाजवादी पार्टी एकीकृत भई जसपा बन्ने बेलामा जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय हुने गरी निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।
आयोगले साउन ३ गतेवाट जसपाको विवादमा आधिकारिकताका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाको अध्यक्षतामा इजालस नै गठन गरेर वहस गराउँदै आएको छ ।
आयोगले अन्तिम फैसला सुनाउनुअघि एकता बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ ।
आज आयोगको इजलासमा सुनुवाइको क्रममा एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते ११ बजे सनाखतका सक्लल नागरिकता सहित बोलाउने निर्णय गरिएको आयोगका सचिव सुरेश अधिकारीले बताएका छन् ।
उनीहरूको सनाखत गरेपछि आयोगले ११ गते अन्तिम फैसला सुनाउने छ । महन्थ ठाकुरले गत पुस ७ गते गरेको कार्यकारिणी समिति हेरफेर भने आयोगले मान्यता दिएन । जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दावी गरेको छ ।
उपेन्द्र पक्षसँग केन्द्रीय कार्याकारिणी को ५१ जनामा ३१ जना विवादकै क्रममा थिए । संसदमा भने त्यसवेला उपेन्द्रसँग १२ जना मात्र थिए । ३४ मध्ये २ सांसद निलम्वित रहेका बेला महन्थ सँग २० सांसद थिए । तर एमाले अध्यक्ष केपी ओली सरकारबाट हटेसँगै महन्थका ५ सांसद फेरि उपेन्द्रतिर पुगेका थिए । अहिले समिकरण फेरिएको छ । उपेन्द्रसँग अहिले केन्द्रीय कार्याकारिणी समिति देखि संसदमा समेत वहुमत सदस्य छन् ।
यस्तो छ आयोगको निर्णय :


















धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प
खोटाङमा करेन्ट लागेर र भीरबाट लडेर एकै दिन दुई जनाको मृत्यु
म्याग्दीमा इजाजत नभएका बन्दुक बरामद
मुख्यमन्त्री बानियाँद्वारा भाषा दिवसको शुभकामना
बाँके र तनहुँबाट लागुऔषधसहित दुई जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
बर्खा लाग्यो, तर हिउँ पर्न छाडेन
अर्को साता हुने आफ्नो चीन भ्रमणअघि नै इरानसँग सम्झौता हुने ट्रम्पको दावी
प्रतिक्रिया