जसपा आधिकारिता विवाद
साउन ११ गते जसपाका कार्यकारिणी समितिका ५१ जनाको सनाखत लिइने (निर्णय सहित)
सनाखतका लागि सक्लल नागरिकता सहित बोलाउने निर्वाचन आयोगको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिता विवादमा निर्वाचन आयोगले आयोगमा दर्ता भएको केन्द्रीय कार्याकारिणी समितिका सदस्ययहरु सवैको सनाखत गर्ने निर्णय लिएको छ । त्यसका लागि साउन ११ गतेको मिति तय गरिएको छ ।
तत्कालिन राजपा र समाजवादी पार्टी एकीकृत भई जसपा बन्ने बेलामा जसपाको केन्द्रीय कार्यकारिणी समिति ५१ सदस्यीय हुने गरी निर्वाचन आयोगमा दर्ता गरिएको थियो ।
आयोगले साउन ३ गतेवाट जसपाको विवादमा आधिकारिकताका लागि प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलियाको अध्यक्षतामा इजालस नै गठन गरेर वहस गराउँदै आएको छ ।
आयोगले अन्तिम फैसला सुनाउनुअघि एकता बखतको केन्द्रीय कार्यकारिणी समितिका ५१ जनालाई सनाखतका लागि बोलाउने निर्णय गरेको छ ।
आज आयोगको इजलासमा सुनुवाइको क्रममा एकता भएकै बेलाको कार्यकारिणी समितिमा रहेका ५१ जनालाई साउन ११ गते ११ बजे सनाखतका सक्लल नागरिकता सहित बोलाउने निर्णय गरिएको आयोगका सचिव सुरेश अधिकारीले बताएका छन् ।
उनीहरूको सनाखत गरेपछि आयोगले ११ गते अन्तिम फैसला सुनाउने छ । महन्थ ठाकुरले गत पुस ७ गते गरेको कार्यकारिणी समिति हेरफेर भने आयोगले मान्यता दिएन । जसपाको केन्द्रीय कारिणी समितिको वहुमत उपेन्द्र पक्षले दावी गरेको छ ।
उपेन्द्र पक्षसँग केन्द्रीय कार्याकारिणी को ५१ जनामा ३१ जना विवादकै क्रममा थिए । संसदमा भने त्यसवेला उपेन्द्रसँग १२ जना मात्र थिए । ३४ मध्ये २ सांसद निलम्वित रहेका बेला महन्थ सँग २० सांसद थिए । तर एमाले अध्यक्ष केपी ओली सरकारबाट हटेसँगै महन्थका ५ सांसद फेरि उपेन्द्रतिर पुगेका थिए । अहिले समिकरण फेरिएको छ । उपेन्द्रसँग अहिले केन्द्रीय कार्याकारिणी समिति देखि संसदमा समेत वहुमत सदस्य छन् ।
यस्तो छ आयोगको निर्णय :


















त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
देशभरका यी नौ जिल्ला डढेलोको उच्च जोखिममा
‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार निर्माण गरिँदै
‘एसियन हाइवे’ निर्माण दुई वर्षमा ३५ प्रतिशत
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
प्रतिक्रिया