प्रकाश सपुत र सुनिता दूलाल विपद् जोखिम न्यूनीकरण सद्भावना दूत घाेषित

काठमाडाैं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । आज सिंहदरबारमा एक समारोहकाबीच प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले प्रमाणपत्र दिएर उनीलाई एक वर्षका लागि ‘विपद् जोखिम सद्भावना दूत’मा नियुक्त गरेको जानकारी दिए ।
गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्ति गरिएको पोखरेलले बताए । सपुत बाग्लुङ र दुलाल सिन्धुपाल्चोक निवासी हुन् । सोही समारोहमा उनीहरूको ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरिएको थियो ।
उक्त समारोहमा गायक सपुतले प्राधिकरणले रचनात्मक काम गरेर पवित्र उद्देश्यमा जोडिदिएकामा खुशी व्यक्त गर्दै, गीत, सङ्गीत, अनुहार र सामाजिक सञ्जालका माध्यामबाट नागरिकलाई सचेत गराउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए । उनले सरकारको दूत भएर काम गरेको यो पहिलो अनुभव भएकोसमेत सुनाए ।
गायिका दुलालले महत्वपूर्ण अवसर प्राधिकरणले दिएकामा खुशी व्यक्त गरिन् । गतवर्ष सिन्धुपाल्चोक र बागलुङमा भएको ठूलो मनसुनजन्य विपदमा परेर ठूलो जनधनको क्षति भएको थियो । समारोहमा पोखरेलले कसैको अकालमा मृत्यु नहोस्, कसैको धनमालमा क्षति नपुगोस् भन्ने हाम्रो उद्देश्य गीतले समेटेको उल्लेख गरे ।
उनले भने, “अहिलेसम्म मुलुकमा विपद्को जोखिमले जितिरहेको छ अब त्यसलाई हामीले जित्न सकौँ ।” उक्त समारोहमा प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले हालसम्म भएको विपद्जन्य घटनाको अवस्थाबारे जानकारी गराएका थिए ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया