टेकु अस्पतालमा विदेश जाने युवाको भिड, ३ दिनसम्म लाइनमा बस्नु पर्ने

काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाएको प्रमाणपत्र लिन आउनेको भीड लागेको छ । विदेश जाने युवालाई सम्बन्धित देशले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिने भएपछि टेकुमा युवाहरुको भीड बढेको हो ।
सयौँको संख्यामा मानिहरूको भीड बढेपछि टेकु अस्पतालमा अस्त व्यस्तता देखिएको छ । देशका विभिन्न जिल्लाबाट विदेश जान आएका युवाहरू तिन दिन अघिदेखि लाइन बस्दासमेत प्रमाणपत्र लिने पालो नआएको बताएका छन् ।
खोप लगाएको प्रमाणपत्र भएपछि विदेशमा क्वारेिन्टनमा बस्नु नपर्ने जनाइएको छ । ३ दिनदेखि लाइन बस्दासमेत प्रमाणपत्र नपाएपछि सरकारले चुस्त, दुरुस्त सेवा दिनका लागि ध्यान दिनु पर्ने बताएका छन् ।
कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र लिनका लागि धेरै दिनदेखि प्रतिक्षा गर्नुपर्दा खान, बस्नको समेत समस्या भइसकेको युवाहरुले बताएका छन् ।
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया