बन्दीपुरमा गाउँपालिकाद्वारा दुग्ध उत्पादक किसानलाई अनुदान

तनहुँ । बन्दीपुर गाउँपालिका कार्यालयले दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध रही दूध बिक्री गर्दै आएका किसानलाई प्रतिलिटर एक रूपैयाँका दरले अनुदान प्रदान गरेको छ ।
दुग्धजन्य पदार्थमा आत्मनिर्भर गराउने उद्देश्यले गाउँपालिकाले किसानलाई प्रतिलिटर दूधमा एक रूपैयाँ अनुदान दिने व्यवस्था गरेको हो ।
गाउँपालिकाले वडा नं १ स्थित सूर्योदय दुग्ध उत्पादक सहकारी संस्थामा आबद्ध किसानलाई शनिबार उत्पादनमा आधारित कार्यक्रमअनुरुप अनुदान रकम प्रदान गरेको छ ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापा, वडाध्यक्ष भानुभक्त पोख्रेल, दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मानबहादुर खातीको रोहवरमा किसानलाई अनुदान रकम वितरण गरिएको हो ।
उक्त सहकारीमा आबद्ध ६१ किसानलाई प्रतिलिटर एक रूपैयाँका दरले अनुदान दिँदा एक लाख ६२ हजार वितरण गरिएको वडाध्यक्ष पोख्रेलले जानकारी दिए ।
उनका अनुसार उक्त सहकारीले दैनिक करिब ७०० लिटर दूध उत्पादन गरी बिक्री गर्दै आएको छ । जति उत्पादन गर्यो, त्यति फाइदा हुने भएपछि किसान उत्साहित भएर उत्पादन वृद्धिमा लाग्ने गरेको उनले बताए ।
गाउँपालिकाको वडा नं ५ स्थित याम्पाफाँट दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक चार हजार लिटर दूध उत्पादन गर्दै आएको छ ।
उक्त सहकारीमा आबद्ध किसानलाई एक रूपैयाँका दरले १०० किसानलाई अनुदान दिँदा नौ लाख ५२ हजार वितरण हुने गाउँपालिकाका पशु शाखाका प्रमुख मधुविलास न्यौपानेले जानकारी दिए ।
“उक्त सहकारीलाई छिट्टै रकम वितरण गर्ने योजना बनाएका छौं”, उनले भने, “दूधमा पाँच हजारदेखि बढीमा ३६ हजारसम्म अनुदान पाउने किसान रहेका छन् ।”
गाउँपालिकाले दूध र मासुमा आत्मनिर्भर गराउने उद्देश्यले किसानलाई विशेष प्राथामिकतामा राखेर अनुदानका कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष थापाले बताए । दुग्ध उत्पादक किसानलाई मात्रै कूल ११ लाख १२ हजार अनुदान वितरण गरिने उनले बताए ।
















खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
नेपाल ‘ए’ द्वारा अमेरिका पराजित
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया