कांग्रेस क्रियाशील समितिकै सदस्य गुरुङको ‘नोट अफ डिसेन्ट’

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमाथि समिति सदस्य कल्याण गुरुङले ‘नोट अफ डिसेन्ट’ जनाएका छन् । उनको फरक मत राख्दै समितिले तयार पारेको प्रतिवेदन सभापति शेरबहादुर देउवालाई बुझाएका हो ।
कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा बसेको हो । सदस्यता छानबिनको काम नसकिएको र विवाद समाधन नभएको प्रतिवेदन बुझाइएको भन्दै गुरूङले नोट अफ डिसेन्ट लेखेका हुन् ।
‘हाम्रो समितिका निर्णय गर्ने केही आधारहरू निर्माण भएका छन्,’ उनले भने, ‘ती आधारहरूमा नेपाली कांग्रेसका विधान, नियमावलाी केन्द्रीय समितिका निर्णयहरू, केन्द्रीय समितिले पठाएको परिपत्रहरू र मापदण्डका आधारहरू रहेका छन् ।’
रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन बुझाएको थियो ।
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया