उच्च अदालतद्वारा पूर्वसभामुख महरालाई सफाइ

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले उनलाई मंगलबार सफाइ दिएको हो । यसअघि काठमाडौं जिल्ला अदालतले पनि उनलाई सफाइ दिएको थियो ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो । उच्च अदालत पाटनले त्यसको सदर गरिदिएको छ । २०७५ असोज १२ गते राति महराले रक्सी खाएर बलात्कार गर्ने प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् ।
शाहीको कोठामा देखिएको तथ्य र प्रमाणका आधारमा सरकारी वकिल कार्यालयले महराविरूद्ध जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाएको थियो । पीडितलाई रक्सी खुवाएर अनुचित प्रभावमा पारेर महराले जबरजस्ती करणी गर्ने प्रयास गरेको सरकारी वकिलको ठहर थियो ।
जिल्ला अदालत काठमाडौको फैसलामा चित्त नबुझाएर सरकारी वकिलको कार्यलयले उच्च अदालत पाटनमा पुनरावेदन गरेको थियो । तर, अदालतले महरालाई बलात्कार मुद्दामा सफाइ दिएको छ ।
















न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया