आइतबार, माघ १३, २०८१

तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी

मेरोन्यूज २०७८ साउन १२ गते १६:२२

काठमाडौं । सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्ति गरेका गण्डकी, लुम्बिनी र प्रदेश २ का प्रदेश प्रमुख परिवर्तन गर्ने तयारी गरेको छ ।

Advertisement

शेरबहादुर देउवा नेतृत्वको सरकारले गण्डकीमा माओवादी, लुम्बिनीमा नेपाली कांग्रेस र प्रदेश २ जनता समाजवादी पार्टी जसपाबाट प्रदेश प्रमुख बनाउन लागेको बताइएको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

मंगलबार बसेको स्थायी कमिटी बैठकले गण्डकी प्रदेशको प्रमुख बनाउन शेरचनलाई सिफारिस गर्ने निर्णय गरेको जनाइएको छ । शेरचनलाई हटाएर यसअघि ओली नेतृत्वको सरकारले सीता कुमारी पौडेललाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

प्रतिक्रिया