सोमबार, फागुन ५, २०८१

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन १४ गते ६:१२

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १४ गते बिहीबार, श्रावण कृष्णपक्षको षष्ठी तिथि । आज बाघ दिवस रहेको छ । अब लागौं आजको राशिफलतर्फ

Advertisement
IMEnabil

मेष
नेतृत्वदायी क्षमतामा बृद्धि हुने छ । आत्माबल बलियो हुने छ । धन धान्यमा बृद्धि हुने छ । ब्यवस्थापकीय क्षमतामा तिब्रता देखा पर्ने छ । पेशागत र ब्यावसायिक जीवनमा पनि समय अनुकुल देखिन्छ । औषधी, हार्डवेयर, सिमेण्ट, फलाम, स्टिल, ठेक्का पट्टा जस्ता क्षेत्रमा लाभ प्राप्त हुने छ ।

वृष
भाग्यको बलियो साथ रहेको छ । व्यक्तित्व प्रभावशाली हुने छ । तर रिस पनि अत्याधिक कडा शैलीका हुने भएकाले रिस नियन्त्रण गर्न सके मात्र ब्यक्तित्वको प्रभाव सार्थक हुने देखिन्छ । बोलीको प्रभाव बढ्ने छ । निर्माण ब्यवसाय, पुस्तकको कारोवार, शैक्षिक क्षेत्र, ठेक्का पट्टा, निर्माण क्षेत्र आदीमा संलग्नहरुका लागि समयले साथ दिने छ ।

मिथुन
नेतृत्वदायी र महत्वाकांक्षी ब्यक्तित्व हुने छ । रिस धेरै उठ्ने भएकाले सतर्क भएर अघि बढ्नु होला । पेशागत जीवन औसत अवस्थामा केही सकारात्मक रहने छ । तर भाग्यहिनताका कारण रोजगारी तथा ब्यावसायमा अबरोध तथा कठिनाईहरु सामना गर्नु पर्ने भएकाले सतर्क रहनु होला । घर घडेरी, गाडि, बाहन, जग्गा जमिनको सन्दर्भमा नोक्सान हुने समय सक्रिय रहेकाले सतर्क रहनुहोला ।

कर्कट
ब्यवस्थापकीय र नेतृत्वदायी भुमिका प्राप्त हुने छ । अरुको विश्वास जित्न सकिने छ । साझेदारीमा गरिएका कामहरुमा सकारात्मक परिस्थिति देखा पर्ने छ । मनमा दुविधा अत्याधिक बढ्न जाने छ । यसले निर्णय क्षमतामा कमि ल्याउनुका साथै जिम्मेबारी पाए अनुसारको दृढता सृजना हुने छैन् । पानी, दुध, मदिरा, कोल्ड ड्रिक्स, धार्मिक वस्तुहरुको ब्यापार, दुध आदीको ब्यापारमा संलग्नहरुका लागि समय प्रतिकुल रहेको छ ।

सिंह
मनमा दृढता थपिने छ । भाग्यको बलियो छ । पेशागत र ब्यावसायिक जीवन अनुकुल रहने छ । आम्दानीमा बृद्धि हुने छ । औषधी आपूर्ति, सर्जरी, स्वास्थ्य क्षेत्र, अस्पतालजन्य सामान आपूर्ति, सौन्दर्य प्रशाधनका सामान, अस्पतालमा हुने उपचारजन्य सामान आपूर्ति गर्ने क्षेत्रमा संलग्नहरुलाई फाइदा पुग्ने देखिन्छ ।

कन्या
मनमा निरन्तर दुविधाले ग्रस्त बनाउने छ । सुखमा कमि आउने छ ।साझेदारीमा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । कार्यालय तथा ब्यवसायमा आफू भन्दा माथिका कर्मचारीहरुसँग खटपट हुने भएकाले सतर्क रही कार्य गर्नु होला । आफूलाई प्राप्त जिम्मेबारी निर्वाह गर्न नसक्दा अरुले आफूप्रति दिएको विश्वास गुम्न पुग्ने छ । संयमित हुनु पर्ने समय छ ।

तुला
मनोबल उच्च रहने छ । भाग्य बलियो रहेकाले आई पर्ने कठिनाईहरुसँग जुध्ने तागत प्राप्त हुने छ । जीवनसाथिको साथ लिएर अघि बढेमा आम्दानीमा बृद्धि हुने छ । पारीवारिक सदस्यहरुबीच धन सम्पत्तिका विषयलाई लिएर कटुता देखा पर्ने छ । पुस्तक कारोवार, प्रेस ब्यवसाय, स्टेशनरी, संचारमाध्यम, पत्रकारिता, बाचन पेशा, ब्युटिसियन जस्ता क्षेत्रमा सक्रियहरुले आम्दानी गुमाउनु पर्ने छ ।

वृश्चिक
शरीरमा कमजोरी बढ्ने छ । मनोबलको कमि हुन जाने छ । दुविधात्मक ब्यक्तित्व हुने छ भने कार्य सम्पादनमा जोश र जाँगरको कमि हुनुका साथै नकारात्मक विचारले सताउने छ । जीवनसाथिको साथसहित काम गरेमा अनुकुल हुने छ । घर जग्गाको कारोवार, ठेक्का पट्टा, होटल, रेष्टुरेण्ट, सर्जन आदी जस्ता क्षेत्रमा आवद्धहरुको हकमा समय प्रतिकुल रहेकाले धैर्यता साथ अघि बढ्नु होला ।

धनु
भाग्यको बलियो छ । भित्रि बुद्धि र चतु¥याईमा बृद्धि हुने भएकाले कार्य सफलता मिल्ने छ । परिवारको बलियो साथ मिल्ने छ । पेशागत जीवनमा विभिन्न खाले नसोचिएका उल्झन र समस्याहरु देखा पर्ने छ । पैसा लेनदेनमा निकै विचार पुर्याएर मात्र गर्ने गर्नुहोला । साझेदारीका काममा साझेदारहरुका बीच द्वन्द चर्कन सक्ने र बादबिबाद हुने भएकाले धैर्यता र संयमताको खाँचो देखिन्छ ।

मकर
दृढ ब्यक्तित्व हुने छ, योसँगै कडा र रिसाहापनामा पनि बृद्धि हुने भएकाले संयमिताको खाँचो देखिन्छ । पारीवारिक जीवनमा मधुरताको वातावरण हुने छ, यसले प्रतिकुलतासँग जुध्न मद्दत पु¥याउने छ । आम्दानीमा सोचे जस्तो नहुने भएकाले सन्तोष लिएर निरन्तर कदम चालि रहनु होला । अनुसन्धान क्षेत्र, गुप्तचर क्षेत्रमा आवद्धहरुको हकमा भने फाइदा मिल्ने छ ।

कुम्भ
मेहनति र पराक्रमी स्वाभावमा बृद्धि हुने छ । शान्त किसिमको ब्यक्तित्व हुने छ । परिवारको साथका कारण कदर र प्रशंसा प्राप्त हुन पुग्ने छ । आम्दानीमा थोरै भए पनि बृद्धि हुन जाने छ । घर घडेरी, रियल स्टेट, सवारीसाधन, वाहन, सौन्दर्य प्रशाधन, सजावटका सामान जस्ता क्षेत्रमा आवद्धहरुका लागि समय केही सकारात्मक बन्ने छ ।

मीन
निर्णय क्षमतामा कमि आउने छ । परिवारका सदस्यहरुका बीचमा कटुता देखा पर्ने छ । भाग्यहिनताको अभाष हुने हुँदा ब्यक्तित्वमा दृढताको कमि आउने छ । रियलस्टेट, ठेक्कापट्टा, सिमेण्ट, फलाम, सामान ढुवानी जस्ता क्षेत्रमा आवद्धहरुलाई केही फाइदा मिल्ने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया