दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा
मेरोन्यूज
२०७८ साउन १४ गते ८:५४

कञ्चनपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ ।
सडक निर्माणसम्बन्धीका योजना सम्पन्न नभइकन भुक्तानी भएको उजुरीका आधारमा कागजात नियन्त्रणमा लिई अनुसन्धानको कार्य भइरहेको अख्तियारको कार्यालयका सूचना अधिकारी हरिशचन्द्र जोशीले बताए ।
“आर्थिक वर्ष २०७७/०७८ का सडक निर्माण, कालोपत्रेलगायतका चारवटा योजनामा कार्य नगरिकनै भुक्तानी दिइएको उजुरी परेको थियो”, उनले भने, “त्यसै आधारमा सम्बन्धित योजनाका कागजपत्र नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।”
योजनामा अनियमियता भए/नभएकोबारे अनुसन्धानपछि जानकारी हुने उनले बताए ।
सम्बन्धित
















कोरला नाकामा खानेपानी समस्या समाधान गरिँदै
बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै
पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया