हामी नयाँ पार्टी गठन गर्ने तयारीमा छौँ : नेत्री झाँक्री

काठमाडौँ । नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाल्कोटको बार्दलीमा पुग्नु उनकै कारण भएको बताएकी छन् । आज काठमाडौँस्थित कार्की ब्यांक्वेटमा भएको अखिल फोर्स गठनको बृहत सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।
भेलालाई सम्बोधन गर्दै नेत्री झाँक्री अब १० बुँदे सहमतिले एमाले एकता हुन नसक्ने बताएकी छन् । उनले आफूहरूलाई असफल बनाउनका लागि केही नेताहरूले पार्टी एकीकरण गर्ने बताउँदै सुरुमा एकै ठाउँमा बसेर माग गरेको एजेण्डाबाट पछि हटेको आरोप लगाएकी छन् ।
उनले नयाँ पार्टी बन्ने उद्घोष गर्दै आगामी दिनमा सबै जना संगठित हुनु पर्ने बताएकी छन् । उनले भनिन्, ‘हामी नयाँ पार्टी गठन गर्ने तयारीमा छौँ, पार्टीको नाम के हुन्छ भन्ने होइन्, हामी कस्तो धरातलमा उभिएका छौँ भन्ने प्रमुख कुरा हो ।’
पार्टी एकता भए देशको राजनीति अवस्थालाई यहाँसम्म ल्याउने पात्रहरू पार्टीबाट बाहिर हुनु पर्ने नेत्री झाँक्रीले बताइन् ।
















प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी दिन १० दिनको समय
खाद्य गुणस्तर सुधार्न र पारदर्शिता बढाउन कृषि मन्त्रीको निर्देशन
नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो
धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया