शनिबार, माघ १२, २०८१

आजको राशिफल: तपाईंको दिन शुभ/अशुभ थाहा पाउनुहोस

ज्यो. दिवाकर पन्त २०७८ साउन १७ गते ६:१०

काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १७ गते आइतबार, श्रावण कृष्णपक्षको अष्टमी तिथि । अब लागौं आजको राशिफलतर्फ

Advertisement

मेष
बोलीमा भने तिखोपन आउने छ । सितल खालको व्यक्तित्व बन्ने छ । जसले गर्दा अरुले सहज महशुस गर्ने छन् । पारीवारिक धन सम्पत्ति र पारीवारिक विषयमा तनाव उत्पन्न हुन जाने छ । पेशागत जीवन अनुकुल रहने छ ।

वृष
आत्माविश्वास बढ्ने छ । सुख, सुविधाको उपयोग गर्न पाइने छ । तर मनमा भने पटक्कै सन्तोष प्राप्त हुने छैन् । मनलाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । साझेदारीमा गरिएका काममा बाधा तथा अबरोध आउने छन् । आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवन मध्यम खालको रहने छ ।

मिथुन
चतुरताको कमि हुन जाने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्क रहनु होला । बोलीको प्रभावमा पनि गिरावट देखा पर्ने छ । आम्दानीमा भने केही बृद्धि देखा पर्ने छ । भाग्यको साथ नरहेकाले धेरै जोखिमले भरिएका कार्य गर्नु भन्दा औसतको निरन्तरता दिनु उपयुक्त हुने छ । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ ।

कर्कट
दुविधात्मक ब्यक्तित्व बन्ने छ । निर्णय क्षमतामा पनि कमि आउँदा स–साना विषयमा पनि निर्णय लिन कठिन हुन जाने छ । समय संयमित रहनु पर्ने खालको छ । मनोबल कमजोर बन्ने हुँदा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा प्रभावित तुल्याउने छ । पेशाप्रति समर्पित हुन भने मन केन्द्रीत हुने छ ।

सिंह
सुख सन्तोषको अभाव हुने छ । घर घडेरी बेच्नु पर्ने बाध्यात्मक अवस्था आउन सक्ने वा घर घडेरीको विषयमा घाटा लाग्ने अवस्था आउने छ । समय संयमित रहनु पर्ने खालको छ । शारीरिक रुपमा चोट पटक तथा स्वास्थ्य अवस्थामा आउने समस्याका कारण अस्पतालको खर्च गर्नु पर्ने अवस्था आउन जाने छ । साझेदारीमा गरिएका काममा द्वन्द देखा पर्न जाने छ ।

कन्या
मनमा अत्याधिक दुविधा आउने छ । दाम्पत्य जीवनमा समस्या आउने भएकाले दम्पत्तिमा बादबिबादमा नजानु नै उपयुक्त हुने छ । साझेदारीका कामहरुमा कठिनाई उत्पन्न हुन पुग्ने छ । भाग्यको एक हदसम्म साथ भएकाले वाणिज्य क्षेत्रमा आवद्ध रहेकाहरुलाई समय प्रतिकुल बन्ने छैन् ।

तुला
औसत प्रकृतिको समय रहेको छ । मनमा दृढता बढ्न जाने छ । साझेदारीमा गरिएका काममा प्रगति हुने छ । जीवनसाथिको साथ सहित काम गरेमा त्यो निकै प्रतिफलमुलक बन्ने छ । आफ्नो कार्यालयका बोसहरुसँग पनि बिबाद बढ्ने खालको समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ ।

वृश्चिक
मनमा पनि नकारात्मक विचारले प्रश्रय पाउने छ । मनमा दुविधा अत्याधिक आउने हुँदा निर्णय क्षमतामा धेरै गिरावट ल्याउने छ । भाग्यको साथ नरहेकाले संघर्ष धेरै तर प्रतिफल थोरै मात्र प्राप्त हुँदा मनमा निराशाको भाव आउने छ । पेशागत जीवनमा समस्या देखा पर्न जाने देखिएकाले संयमित भएर पाईला चाल्नु होला ।

धनु
संयमित भएर अघि बढ्नु पर्ने समय छ । अध्ययन अध्यापनमा मन जाने छैन् । भित्रि बुद्धिको सक्रियतामा कमि आउन जाने छ । शारीरिक कमजोरी बढ्न जाने भएकाले शारीरिक अभ्यासमा जोड दिनु राम्रो हुने छ । बोलीमा अनावश्यक कडापन आउने भएकाले यसप्रति संयमित रहनु होला ।

मकर
व्यक्तित्वमा दृढता आउने छ । जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान पु¥याउनु होला । पेशागत जीवनमा भने समस्या देखा पर्ने छ । साझेदारीमा गरिएका काममा पनि बिबाद देखा पर्ने छ ।

कुम्भ
ज्ञान विज्ञानको क्षेत्रमा प्रगति हुने छ । बौद्धिक, प्राज्ञिक, धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ । मेहनत र पराक्रमी स्वाभावमा अस्वाभाविक गिरावट आउने छ । मनमा सुखको अभाषमा बढोत्तरी हुने छ । पेशागत जीवनमा भने संयमित भएर कदम चाल्नु पर्ने समय छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि कमि आउने छ ।

मीन
परिवारको साथ रहने छ । बोलीमा नरमपना देखिने हुँदा अरुले तपाई प्रति सकारात्मक धारणा बनाउने छन् । पेशागत जीवनमा भने समस्या आउने भएकाले विचार पु¥याउनु होला । खास गरी ब्यापारको क्षेत्रमा रहेकाहरुलाई समय चुनौतिपूर्ण रहने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया