मेलम्ची फेरी उर्लियो, के के भयो हेर्नुस तस्वीरमा
मेरोन्यूज
२०७८ साउन १७ गते ९:११

सिन्धुपाल्चोक । शनिबार रातिदेखि मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा थप क्षति पुर्याएको छ ।
यसअघि गत असार १ गते आएको बाढीले पनि ठूलो जनधनको क्षति गरेको थियो । गएरातीदेखिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ भने चनौटेको रातो पुल बगाएको छ ।
मेलम्ची तिम्बु जोड्ने सडक ठाउँठाउँमा भत्काएको छ । जसका कारण सहज रुपमा यातायात सञ्चालन हुने अवस्था नरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिएका छन् ।
असार १ गतेको बाढीले क्षति पुर्याएर बचेको खेत तथा भाैतिक संरचनामा शनिबार रातीको बाढीले थप क्षति पुर्याएको हो । मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको र क्षतिको लगत संकलनको तयारी भइरहेको मेयर अर्यालले बताए ।
मेलम्ची खोलाको बाढीले क्षति पुर्याएको मेलम्ची क्षेत्रको अवस्था तस्वीरमा हेर्नुहोस:






सम्बन्धित















‘मानवतामा एकता’ नाराका साथ विश्व रेडक्रस दिवस मनाइँदै
‘हान्टाभाइरस’ प्रकोपबारे डब्ल्यूएचओको चेतावनी, थप केस आउन सक्ने
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
इरान अमेरिका तनाव बढ्दा तेल मूल्य उकालो, शेयर बजार ओरालो
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया