शनिबार, माघ १२, २०८१

मेलम्ची फेरी उर्लियो, के के भयो हेर्नुस तस्वीरमा

मेरोन्यूज २०७८ साउन १७ गते ९:११
तस्वीरः रासस

सिन्धुपाल्चोक । शनिबार रातिदेखि मेलम्ची खोलामा आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा थप क्षति पुर्‍याएको छ ।

Advertisement

यसअघि गत असार १ गते आएको बाढीले पनि ठूलो जनधनको क्षति गरेको थियो । गएरातीदेखिको बाढीले रेडियो मेलम्चीको भवन बगाएको छ भने चनौटेको रातो पुल बगाएको छ ।

मेलम्ची तिम्बु जोड्ने सडक ठाउँठाउँमा भत्काएको छ । जसका कारण सहज रुपमा यातायात सञ्चालन हुने अवस्था नरहेको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले जानकारी दिएका छन् ।

असार १ गतेको बाढीले क्षति पुर्‍याएर बचेको खेत तथा भाैतिक संरचनामा शनिबार रातीको बाढीले थप क्षति पुर्‍याएको हो । मानवीय क्षति नभएपनि भौतिक संरचनामा क्षति पुगेको र क्षतिको लगत संकलनको तयारी भइरहेको मेयर अर्यालले बताए ।

मेलम्ची खोलाको बाढीले क्षति पुर्‍याएको मेलम्ची क्षेत्रको अवस्था तस्वीरमा हेर्नुहोस:

तस्वीरः रासस

प्रतिक्रिया