आइतबार, माघ ६, २०८१

आजको राशिफल : श्रावण १८ गते सोमबार

मेरोन्यूज २०७८ साउन १८ गते ६:१४


काठमाडौं । आज २०७८ साल श्रावण महिनाको १८ गते सोमबार, श्रावण कृष्णपक्षको नवमी तिथि । साउनको सोमबार भगवान शिवजीको विशेष पूजा, आराधना तथा व्रत बस्ने दिन रहेको छ । अब लागौं आजको राशिफलतर्फ ।

Advertisement

मेष
पेशागत जीवन सकारात्मक रहने छ । व्यक्तित्वमा नरमपना विकास हुने छ । बाणि प्रियताको अभाव हुने भएकाले संयमित रहनु होला । जसले गर्दा अरु व्यक्तिहरुले पनि सहजतापूर्वक व्यावहार गर्ने छन् । पैतृक सम्पत्तिका विषयमा झैझगडा तथा बिवाद देखा पर्ने छन् ।

वृष
पेशागत जीवन औसत रहने छ । आत्मविश्वासी व्यक्तित्व हुने छ । तर मन धेरै चञ्चल हुने भएकाले मन नियन्त्रित गर्ने प्रयास गर्नु होला । भौतिक सुखका साधनहरु प्रयोग गर्न पाएता पनि मनमा सन्तोषपनाको अभाव हुन जाने छ । साझेदारीमा गरिएका काममा समस्याहरु देखा पर्न जाने छ । आम्दानीमा केही बृद्धि हुने छ ।

मिथुन
चतुरताको कमि हुन जाने छ । भाग्यको साथ नदिएकाले धेरै जोखिमले भरिएका कार्य भन्दा औसत कार्यलाई निरन्तरता दिनु ठिक हुने समय छ । जीवनसाथिको साथसहित काम गरेमा फाइदा मिल्ने छ । परिवारमा बिबाद र समस्या आउने भएकाले सतर्क रहनु होला । बोलीको प्रभावमा पनि गिरावट देखा पर्ने छ । आम्दानीमा थोरै बृद्धि हुने छ ।

कर्कट
पेशाप्रति समर्पित हुने व्यक्तित्व हुने छ । तर मनोबल कमजोर बन्ने छ । समय संयमित रही पाइला चाल्नु पर्ने खालको देखिन्छ । यसले गर्दा प्रतिष्पर्धात्मक क्षमतामा पनि गिरावट आउँदा कार्यक्षमतामा प्रभावित तुल्याउने छ । निर्णय क्षमतामा पनि कमि आउँदा स–साना विषयमा पनि निर्णय लिन कठिन हुने छ ।

सिंह
पेशागत जीवन औसत रहने छ । साझेदारीमा गरिएका कामहरुमा भने द्वन्द देखा पर्ने छ । औसतमा समय संयमित रहनु पर्ने खालको छ । सुख सन्तोषको अभाव महशुस हुने छ । घर घडेरीका विषयमा घाटा व्योहर्नु पर्ने समय रहेको छ । शारीरिक रुपमा चोट पटक तथा स्वास्थ्य समस्याका कारण अस्पतालको खर्च गर्नु पर्ने अवस्था आउने छ ।

कन्या
साझेदारीमा गरिएका कामहरुमा कठिनाई उत्पन्न हुन पुग्ने छ । अन्यको हकमा पेशागत जीवन औसत प्रकृतिबाट गुज्रने छ । मनमा अत्याधिक दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । दाम्पत्य जीवनमा बिबादहरु देखा पर्ने भएकाले संयमित रहनु होला ।

तुला
साझेदारीमा गरिएका कामहरुमा सकारात्मक नतिजाहरु देखा पर्ने छन् । आफु आवद्ध कार्यालयका हाकिमहरुसँग बिबाद बढ्ने खालको समय सक्रिय रहेकाले संयमित रहनु नै उपयुक्त हुने छ । सकभर बादबिबादमा नजानु नै उपयुक्त हुने छ । जीवनसाथिको आड भरोसामा कार्यहरु गरेमा कार्य प्रतिफलमुखी बन्ने देखिएको छ ।

वृश्चिक
पेशागत जीवनमा समस्याहरु देखा पर्ने समय रहेकाले संयमित भएर पाईला चाल्नु नै उपयुक्त हुने छ । मनमा दुविधा अत्याधिक आउने भएकाले समयमा निर्णयहरु लिन कठिनाई हुने छ । मनमा पनि नकारात्मक विचारले डेरा जमाउने भएकाले यस्ता विचार नियन्त्रणको प्रयास गर्नु होला । भाग्यको साथ नभएकाले धेरै संघर्षबाट थोरै मात्र प्रतिफल प्राप्त हुने छ ।

धनु
पेशागत जीवनमा पनि विभिन्न आक्षेपहरु लाग्न सक्छन् । संयमित भएर अघि बढ्नु पर्ने समय छ । अध्ययन अध्यापनमा मन केन्द्रीत हुन सक्ने छैन् । भित्रि बुद्धिको सक्रिय हुन नसक्दा निर्णय क्षमतामा पनि गिरावट देखा पर्ने छ । बाणिमा असाध्यै रुखोपना देखा पर्ने भएकाले यस विषयमा ध्यान दिनु होला ।

मकर
पेशागत जीवनमा केही नसोचेका समस्याहरु देखा पर्न जाने छ । साझेदारीमा गरिएका कामहरुमा पनि बिबादका क्रम देखा पर्ने छ । दृढ खालको व्यक्तित्व बन्ने छ तर अरुले अलि कडाखालको अनुभुत मात्र गर्ने छन् । जीवनसाथिको साथ लिएर काम गरेमा उक्त कार्य प्रतिफलमुखी हुने छ । रिस कडा खालको हुने भएकाले यसबारेमा ध्यान दिनु होला ।

कुम्भ
पेशागत जीवनमा संयमित भएर कदम चाल्नु पर्ने समय छ । मेहनत र पराक्रमी स्वाभावमा गिरावट आउँदा कार्य क्षमतामा पनि कमि देखिन जाने छ । प्रतिष्पर्धात्मक स्वाभावमा पनि गिरावटहरु देखा पर्ने छन् । बौद्धिक, प्राज्ञिक तथा धार्मिक क्षेत्रमा संलग्नहरुलाई फाईदा मिल्ने छ ।

मीन
पेशागत क्षेत्र औसत प्रकृतिको रहने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा सामान्य देखिएता पनि ब्यापारको क्षेत्रमा रहेकाहरुको हकमा समय केही जोखिमपूर्ण देखिन्छ । बोणीमा भने नरमपना देखिने हुँदा अरुको तपाई प्रतिको धारणामा सकारात्मकता थपिने छ ।

प्रतिक्रिया