विश्व चर्चित पपगायक क्रिस वु बलात्कारको अभियोगमा पक्राउ

एजेन्सी। विश्वचर्चित पपगायक क्रिस वु पक्राउ परेका छन् । चिनियाँ प्रहरीले बलात्कारको अभियोगमा उनलाई पक्राउ गरेको हो।
पपगायकलाई पक्राउ गरिएको घटनाले चीनमा तरंग सिर्जना गरेको छ । गायक वुलाई लगाइएको आरोपबारे प्रहरीले विस्तृत नखुलाएपनि युनिभर्सिटीकी एक १८ वर्षिया विद्यार्थीले आफूलाई अवसरको लोभ देखाएर यौन सम्बन्ध बनाएको आरोप लगाएपछि पक्राउ गरिएको जनाएको छ ।
यौन दुव्र्यहारविरुद्ध सुरु भएको मीटु अभियान सुरु भएपछि पक्राउ पर्ने ३० वर्षिय गायक वु अहिलेसम्मकै ठूला अनुहार हुन् । कोरियाली पप ब्यान्ड एक्सओबाट गायन करियर थालेका उनी पछिल्लो समय सोलो मोडेल र गायकको रुपमा प्रख्यात छन् ।
तर, उनले आफूविरुद्ध लगाइएका अभियोगलाई खण्डन गरेका छन् । शनिबार राती सामाजिक संजालमा पोस्ट गरिएको एक सूचनामा चायोयाङ डिस्ट्रिक्स प्रहरीले गायक वुविरुद्ध लगाइएका आरोपबारे अनुसन्धान भैरहेको जनाएको छ ।
आरोप लगाउने युवती डु मेइजुले गत डिसेम्बरमा आफूलाई गायक वुका एजेन्टले काम छ भन्दै बोलाएको र यौन शोषण गरेको आरोप लगाएकी छिन् । चिनियाँ मूलका यी क्यानडेली गायकलाई मीटु अभियानकर्ताले अभियोग लगाउँदै आएका थिए ।
















ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया