कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई युएईमा प्रवेश खुला ( दुतावासकाे सूचनासहित)
खोप नलगाएकालाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य
![](https://meronews.com/content/static/2021/08/uae-1024x677.jpg)
काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले आजदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ ।
त्यस्तै युएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पिसिआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले खोप नलगाए पनि प्रवेश पाउने दुतावासको सूचनामा उल्लेख छ ।
उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ । त्यसरी युएई प्रवेश गर्ने व्यक्तिको हकमा नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुने, युएईका विमानस्थलमा अवतरण भएपछि पिसिआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने दूतावासले जनाएको छ ।
अबुधाबीस्थित नेपाली राजदुतावासको सूचना
![](https://meronews.com/content/static/2021/08/embassy-of-UAE-722x1024.jpg)
प्रतिक्रिया