प्रधानमन्त्री देउवाको भिडियो सन्देश
कोरोनाको तेस्रो लहर सुरू हुने लक्षण देखिन थाल्यो, अत्यन्त आवश्यक परेका बेला मात्र बाहिर निस्कौं

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहर नेपालमा छिट्टै सुरू हुने लक्षण देखिन थालेको बताएका छन् । सामाजिक सन्जलमार्फत शनिबार भिडियो सन्देश जारी गदै प्रधानमन्त्री देउवाले सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव नभएको भन्दै सवैलाई सजग रहन आग्रह गरेका छन्।
‘तपाईं हामी सबै अहिले कोरोना महामारीको सामना गरिरहेका छौं। कोरोना महामारीको तेस्रो लहर नेपालमा पनि छिट्टै सुरू हुने लक्षण देखिन थालेका छन्। सरकारको एक्लो प्रयासले मात्र कोरोना महामारी नियन्त्रण गर्न सम्भव छैन। हामी सबै मिलेरमात्र यो महामारीलाई पार लगाउन सक्छौं। त्यसैले म तपाईंहरूसँग आग्रह गर्दछु। अत्यन्त आवश्यक परेकोबेला मात्र बाहिर निस्कनू।’ प्रधानमन्त्रीले भिडियो सन्देशमा भनेका छन् ।
बाहिर निस्कनै परे स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न पनि उनले आग्रह गरेका छन्।
‘बाहिर निस्कनुअघि नाक र मुख छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं। स्वास्थ्य सचेतनासम्बन्धी मापदण्ड पालना गरौं,’उनले भने।
‘महामारी नियन्त्रण गर्ने सबभन्दा आशा भनेकै खोप हो भन्दै खोप लगाउन जाँदा सामाजिक दूरी कायम गर्न उनले अपिल गरेका छन्।
बाहिर निस्कनु अघि नाक र मुख राम्ररी छोपिने गरी मास्क लगाऔं, भौतिक दूरी कायम गरौं, बेला बेलामा साबुनपानीले हात धोऔं, स्वास्थ्य सचेतनासम्बन्धी मापदण्डहरु सबै पालना गरौँ, ’ प्रधानमन्त्रीले भिडियो सन्देशमार्फत भनेका छन्, – ‘यो महामारी नियन्त्रण गर्ने सबैभन्दा प्रभावकारी माध्यम खोप हो । अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्यक्रम जारी छ । खोप लगाउन जाँदा सामान्य दूरी कायम गरेर लाइनमा बस्न सबैलाई अनुरोध गर्दछु । ’
https://www.facebook.com/278385109664350/videos/224269366287704
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया