राष्ट्र बैकले भनेको समयमा आएन मौद्रिक नीति
काठमाडौं । नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारीले २४ साउनभित्र मौद्रिक नीति आउने बताएका थिए । तर, उक्त समयसम्म मौद्रिक नीति आउन सकेको छैन । आफूले भनेको समयसम्म मौद्रिक नीति ल्याउन नसकेका गर्भनर अधिकारी अहिले मौन रहेका छन् ।
सरकार परिवर्तनका कारण सार्वजनिक हुन नसकेको मौद्रिक नीति आइतबारसम्म आउने आश्वासन गभर्नर अधिकारीले दिएका थिए । आश्वासन दिएको समयसम्म मौद्रिक नीति नआएपछि गर्भनरसँग सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन् ।
तर, राष्ट्र बैंकले भने यो साताभित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको बताएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृतवको सरकारले अत्ध्यादेशबाट ल्याएको बजेटलाई अहिलेको सरकारले निरन्तरता दिने तयारी गरेकाले यो साताभित्रमा मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन् ।
उनले मंगलबार पनि मौद्रिक नीति आउने सम्भावना नदेखिएकाले बुधबारदेखि शुक्रबारसम्ममा आउने बताए ।
सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनका लागि समेत सघाउँ पुग्ने गरी राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा गरेर सार्वजनिक गर्ने गरेको छ । साउन पहिलो साता नै मौद्रिक नीति सार्वजनिक गर्ने गरी राष्ट्र बैंकले तयारी समेत गरेको थियो ।
प्रतिक्रिया