अर्थमन्त्री शर्माले अर्थतन्त्रको वास्तविकता झल्कने स्वेतपत्र सार्वजनिक गर्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको वास्तविकता झल्कने गरी स्वेतपत्र आज सार्वजनिक गर्ने भएका छन । प्रतिनिधि सभाको आजको बैठकले उनले सो पत्र सार्वजनिक गर्न लागेका हुन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट, मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन हुन सक्ने/नसक्ने अवस्था लगायत आर्थिक क्षेत्रसँग सम्वन्धित विषय समेटेर स्वेतपत्र सार्वजनिक गर्न लागेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।
स्वेतपत्र सार्वजनिक गर्नुअघि अर्थमन्त्री शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।
प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा मन्त्री शर्माले स्वेतपत्र सार्वजनिक गर्ने विषय समावेश गरिएको छैन ।यद्धपी उनले विशेष समय लिएर सो पत्र सार्वजनिक गर्ने तयारी गरेका हुन् ।
आजको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाबाट आएका नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ टेबल गर्ने उल्लेख छ ।














युक्रेनमा ठूलो विद्युतीय सङ्कट, उद्योगदेखि यातायातसम्म प्रभावित
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
इरान–अमेरिका वार्तामा प्रगति, तनाव अझै कायमै
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
प्रतिक्रिया