आइतबार, माघ १३, २०८१

अर्थमन्त्री शर्माले अर्थतन्त्रको वास्तविकता झल्कने स्वेतपत्र सार्वजनिक गर्ने

मेरोन्यूज २०७८ साउन २६ गते ७:३१

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको वास्तविकता झल्कने गरी स्वेतपत्र आज सार्वजनिक गर्ने भएका छन । प्रतिनिधि सभाको आजको बैठकले उनले सो पत्र सार्वजनिक गर्न लागेका हुन् ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेट, मुलुकको आर्थिक अवस्था, बजेट कार्यान्वयन हुन सक्ने/नसक्ने अवस्था लगायत आर्थिक क्षेत्रसँग सम्वन्धित विषय समेटेर स्वेतपत्र सार्वजनिक गर्न लागेको मन्त्री शर्माको सचिवालयले जनाएको छ ।

स्वेतपत्र सार्वजनिक गर्नुअघि अर्थमन्त्री शर्माले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि छलफल गरेका थिए ।

प्रतिनिधि सभाको दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीमा मन्त्री शर्माले स्वेतपत्र सार्वजनिक गर्ने विषय समावेश गरिएको छैन ।यद्धपी उनले विशेष समय लिएर सो पत्र सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

आजको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रिय सभाबाट आएका नेपाल नागरिक उड्ययन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक २०७६ टेबल गर्ने उल्लेख छ ।

प्रतिक्रिया