शनिबार, माघ १२, २०८१

मनसुन पुन सक्रिय हुँदै, आज मुलुकका अधिकांश स्थानमा वर्षा हुने

मेरोन्यूज २०७८ साउन २७ गते ७:१०

काठमाडौं । वर्षा गराउने मनसुनी न्युन चापीय रेखा हाल नेपालको तराई भू–भाग नजिक रहेको छ।

Advertisement

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको र देशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राती देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ , प्रदेश २, वागमती र गण्डकी प्रदेशको एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

भोलि पनि प्रदेश १, प्रदेश २, वागमती , गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रतिक्रिया