महाधिवेशनबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन २७ गते १३:५८
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतृत्वहरूसँग छलफल गर्ने भएका छन् । उनले आफ्नो निजी निवासमा आशन्न १४ औँ महाधिवेशनबारे छलफल बैठक बोलाएका हुन् ।
सभापति देउवाले छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई बोलाएको बुढानीलकण्ठ स्रोतले बताउँछन् ।
यसअघि साउन १४ गते बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको थियो । तर, विवाद समाधान हुन सकेको छैन ।
शीर्ष नेताहरूबीच क्रियाशील सदस्यता विवादसँगै आशन्न महाधिवेशनको नयाँ कार्य तालिकाका बारेमा छलफल हुने बताइएको छ । बैठक बुधबार २ बजे बस्ने भएको हो ।
सम्बन्धित
प्रतिक्रिया