महाधिवेशनबारे छलफल गर्न कांग्रेसका शीर्ष नेताको बैठक बस्दै
मेरोन्यूज
२०७८ साउन २७ गते १३:५८

काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतृत्वहरूसँग छलफल गर्ने भएका छन् । उनले आफ्नो निजी निवासमा आशन्न १४ औँ महाधिवेशनबारे छलफल बैठक बोलाएका हुन् ।
सभापति देउवाले छलफलका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलालाई बोलाएको बुढानीलकण्ठ स्रोतले बताउँछन् ।
यसअघि साउन १४ गते बुढानीलकण्ठमा बसेको पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठकले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंग्याउने जिम्मा शीर्ष नेतृत्वलाई दिएको थियो । तर, विवाद समाधान हुन सकेको छैन ।
शीर्ष नेताहरूबीच क्रियाशील सदस्यता विवादसँगै आशन्न महाधिवेशनको नयाँ कार्य तालिकाका बारेमा छलफल हुने बताइएको छ । बैठक बुधबार २ बजे बस्ने भएको हो ।
सम्बन्धित
















दीपक खड्कालाई सात दिन हिरासतमा राख्न अनुमति
ब्रिज कोर्स कक्षा सञ्चालन गर्न सरकारले लगायो रोक
हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
युद्धबारे वार्तामा गम्भीर हुन इरानलाई ट्रम्पको सुझाव
महान्यायाधिवक्ता भण्डारीले दिइन् राजीनामा
प्रतिक्रिया