सोमबार, माघ ७, २०८१

रेलवे कम्पनीका महाप्रबन्धक भट्टराईद्वारा राजीनामा

मेरोन्यूज २०७८ साउन २७ गते १४:३६

काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरुप्रसाद भट्टराईले राजीनामा दिएका छन् ।

Advertisement

भट्टराईले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशव कुमार शर्मालाई राजीनामापत्र बुझाएका हुन् । भट्टराई १३ महिनाअघि केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा नियुक्त भएका थिए ।

भट्टराईले भट्टराईले आफ्नो राजिनामा पत्रमार्फत मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ विदामा रहेका कारण सहसचिव शर्मालाई राजीनामा बुझाएको पुष्टि गरे ।

स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएको बताउँदै भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने आरोप लगाएका छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले भट्टराईलाई १९ साउनमा स्पष्टीकरण सोधेको थियो ।

राजीनामा पत्र :

प्रतिक्रिया