राप्रपा अध्यक्ष थापाको कृति : ‘कर्णेल छत्रबहादुर थापा एकपटकको सैनिक जीवनभरको सैनिक’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको कृति ‘कर्णेल छत्रबहादुर थापा एक पटकको सैनिक जीवनभरको सैनिक’ लोकार्पण गरिएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले छत्रबहादुर थापा स्मृति ट्रष्टको वार्षिकोत्सवका असरमा आज उक्त कृतिको विमोचन गरेका हुन् । आफ्नो जीवनयात्राको आदर्श र प्रेरणदायी व्यक्तित्व पिता छत्रको स्मरणमा थापाले प्रकाशित गरेको उक्त पुस्तकमा तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक र राजनीतिक परिवेशको चित्रण गरिएको छ ।
कर्णेल थापाको विश्वयुद्धमा सहभागिता, राणा प्रधानमन्त्री मोहन शम्शेर र राजा महेन्द्रसँगको सामिप्य तथा पञ्चायतकालका अनुभव समेटिएको उक्त पुस्तक एक सैनिकको सङ्घर्षपूर्ण आरोह–अवरोहको कथाकारुपमा रहेको छ ।
सो अवसरमा प्रधानसेनापति थापाले एक अनुशासित एवं मर्यादित सैनिक व्यक्तिको जीवनशैली, आचरण तथा समाज र राष्ट्रपतिको योगदानलाई उजागर गर्न प्रकाशन गरिएको पुस्तकले राष्ट्रसेवको सामाजिक जीवन र दायित्वलाई पनि चित्रण गरेको बताए ।
पुस्तकका स्रष्टा पूर्वउपप्रधानमन्त्री थापाले समकालीन नेपालको आर्थिक, सामाजिक र राजनीतिक पक्षसहित नेपाली सेनाको गौरवमय इतिहास तथा पिता छत्रबहादुरले समाज सुधारमा पु¥याउनुभएको योगदानसम्बन्धी विषयवस्तु समेटिएको जानकारी दिए ।
नेपाली सेनामा तीन दशक भन्दाबढी सेवा गर्नुभएका पुस्तका प्रमुख पात्र कर्णे छत्रबहादुरलाई तत्कालीन वडाहाकिमको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भएको थियो । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका संस्थापक एवं हेटौँडा नगरपञ्चालयका उपप्रमुखसमेत रहेका थापालको विसं २०३६ साउन २८ गते निधन भएको थियो ।
स्मृति ट्रष्टका अध्यक्ष एवं पूर्वरथी नेत्रबहादुर थापाले पिता छत्रबहादुरले अनुशासन परिधिमा रही कीर्तिमानी काम गर्न दिनुभएको प्रेरणाले सबै परिवारजनलाई अनुशासित र परिश्रमका लागि घचघच्याइरहको अनुभावका घटना सुनाए ।
सो अवसरमा गभर्नर, राजदूत र मन्त्रीकोसमेत जिम्मेवारी समालेका परराष्ट्र मामिलाका जानकार डा भेषबहादुर थापालाई सम्मान गरियो । कार्यक्रममा ट्रष्टकातर्फबाट नेपाल रेडक्रस मकवानपुरका लागि यसअघि नै घोषणा गरिएको रु ५० हजार नगद र सम्मानपत्र अध्यक्ष सूर्यचन्द्र न्यौपानेलाई हस्तान्तरण गरियो । साङ्ग्रिला पुस्तक प्राली प्रकाशक रहेको पुस्तकको मूल्य ३५० छ ।
















ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया