तालिवानको आक्रमण बढेसँगै पश्चिमा देशले आफ्ना नागरिक फर्काउँदै

काठमाडौँ । अफगानिस्तानमा एकपछि अर्को सहरहरू कब्जा गरिरहेको तालिवान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार कब्जा गरेको छ । शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् ।
आज उनीहरूले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यस सहर नियन्त्रणमा लिएर आफूहरूले ठूलो सफलता हासिल गरेको उनीको दाबी छ ।
दक्षिण अफगानिस्तानका यी दुई सहर तालिवानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुले दाबी गरेका छन् । त्यस सहरलाई तालिवानको बलियो पकड भएको क्षेत्रका रुपमा लिइएको थियो । त्यसैले विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो ।
कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र हो । त्यसैले उनीले यसलाई ठूलो उपलब्धि भनेका हुन् । अफगानिस्तानमा जारी संघर्षका बीचमा तालिवानले बिहीबार मुख्य सहर घाज्नी र हेरात आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।
पछिल्ला दिनमा तालिवानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो । उनीहरुको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरुले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् ।
















सार्वजनिक सम्पत्ति जलाउने अपराधीहरूलाई कारबाही हुर्नैपर्छ : ओली
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद
Sharp rise in gold price in domestic market
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
निर्वाचन आचारसंहिता आज रातिदेखि लागू हुँदै
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
प्रतिक्रिया