तालिवानको आक्रमण बढेसँगै पश्चिमा देशले आफ्ना नागरिक फर्काउँदै

काठमाडौँ । अफगानिस्तानमा एकपछि अर्को सहरहरू कब्जा गरिरहेको तालिवान लडाकुको समूहले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार कब्जा गरेको छ । शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् ।
आज उनीहरूले अफगानिस्तानको कान्दाहार र लस्कार गाह सहर आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् । यस सहर नियन्त्रणमा लिएर आफूहरूले ठूलो सफलता हासिल गरेको उनीको दाबी छ ।
दक्षिण अफगानिस्तानका यी दुई सहर तालिवानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुले दाबी गरेका छन् । त्यस सहरलाई तालिवानको बलियो पकड भएको क्षेत्रका रुपमा लिइएको थियो । त्यसैले विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो ।
कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र हो । त्यसैले उनीले यसलाई ठूलो उपलब्धि भनेका हुन् । अफगानिस्तानमा जारी संघर्षका बीचमा तालिवानले बिहीबार मुख्य सहर घाज्नी र हेरात आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।
पछिल्ला दिनमा तालिवानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो । उनीहरुको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरुले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया