चार पाङ्ग्रे स्कुटर देखेपछि यात्रुहरू सोध्छन्- तपाई सिकारू हो ?

विगत चार वर्षदेखि काठमाडौँमा गुडिरहेको छ, चार पांग्रे स्कुटर । जसलाई हाँकिरहेकी छिन्, तनहुँ ८ भानु, पुर्कोट आहालेकी शोभा श्रेष्ठले ।
उच्च शिक्षाका लागि २०६० सालमा काठमाडौँ आएकी उनी दिदी, भिनाजुसँग बस्दै आएकी छन् । सुरुका दिनमा एक्लै संर्घष गरेकी उनलाई दिदी, भिनाजुले साथ दिँदै आएका छन् । सरकारी छात्रवृत्ति पाएकी उनले अंग्रेजीमा स्नातकोत्तर उत्तीर्ण गरेकी छन् । लोकसेवा पास गरी निजामती सेवामा प्रवेश गर्ने लक्ष्य राखेकी उनी स्कुटरमार्फत काम गरिरहेकी छन् ।

शारीरिक अपांग भएकी शोभा स्कुटर लिन आफै भारतीय सीमा रक्सौलसम्म पुगिन् । सरकारले अपांग भएका व्यक्तिलाई सवारी साधनमा भन्सार छुट दिने भएसँगै उनी छुट सुविधा लिन रक्सौल पुगेकी हुन् । उनी चढ्ने चार पांग्रे स्कुटर त्यही निर्माण भएको हो ।
स्कुटरमार्फत एक ठाउँबाट अर्को ठाउँमा यात्रुलाई पुर्याउँदै आएकी शोभा पठाओमा आवद्ध भएकी छन् । बिगत दुई वर्षयता पठाओमार्फत काम गरेकी उनलाई साथीहरूले यसमा आवद्ध हुन साथ दिएका थिए ।
यसका साथै उनी नक्सालस्थित शोभा बृहस्पति विद्या सदन स्कुलमा समेत आवद्ध हुँदै आएकी छन् । स्कुल पुग्नुअघि पठाओ एपमार्फत यात्रुलाई गन्तव्य पुर्याउँछिन्, उनी । हरेक बिहान टोखादेखि नक्सालसम्म यात्रु बोक्दै आउने उनी जाँदा पनि यस्तै यात्रु बोक्दै घर पुग्छिन् । यात्रु पाए साँझ ८-९ बजेसम्म पठाओमा काम गर्छिन ।

‘हरेक काममा सुख, दुःख हुन्छ, यसलाई सामान्य रुपमा लिनु पर्छ,’ उनी भन्छिन्, ‘पठाओमा आवद्ध भएपछि अनेकथरी समस्या झेल्दै आएकी छु, कतिपयले नजिकै पुगेपछि अचम्मित हुँदै सोध्छन्– तपाई सिकारू हो ?’
कति यात्रुलाई उनले चलाएको चार पांग्रे स्कुटर चढेपछि दुर्घटना हुन्छ कि भन्ने डर लाग्दो रहेछ । कतिलाई चार पांग्रे स्कुटर चढ्नै नआउने रहेछ । कोही स्कुटरमा बसे पनि बोल्दैनन् । कामको सिलसिलामा यस्ता अनेक प्रकृतिका मानिसहरु उनले झेलेकी छन्, भोगेकी छन् ।
‘यात्रुको नजिकै पुगेपछि कतिले फोन काटिदिने, मोबाइल अफ गर्नेसम्म गर्छन्,’ उनी भन्छिन्, ‘पठाओमा जोडिएपछि दैनिक खर्च र घरायसी खर्च चलाउने भने सहज भएको छ, स्कुलमा महिना बितेपछि तलब आउला र घर खर्च चलाऔँला भनेर बस्नु परेको छैन ।’

आफ्नै कमाई भयो भने कसैले दिन्छ कि भनेर आशा गर्नु नपर्ने उनको तितो अनुभव छ । ‘स्वतन्त्र र आत्मनिर्भर हुन पाइयो, कसैको अगाडि हात फैलाउन परेन, सुख–दुःख भइहाल्छ,’ उनले भनिन्, ‘सकारात्मक भएर अगाडि बढ्नु पर्छ ।’
‘सन्तुष्टि हुन सक्नु सबैभन्दा ठूलो कुरा हो,’ उनी भन्छिन्, ‘आखिर पैसाले कसलाई पुग्छ र ?’
















पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
वीरगन्ज भन्सारमा जाँचपास नहुँदा १४ सयभन्दा धेरै मालवाहक सवारी रोकिए
हुनानमा पटाखा कारखाना विस्फोट, २१ जनाको मृत्यु
होर्मुजमा तनाव बढ्दा अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा व्यापक वृद्धि
भारतको विधानसभा निर्वाचन : उलटफेर परिणाम
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया