शनिबार, जेठ ३, २०८२

कांग्रेस महाधिवेशन लागि राष्ट्रिय सभा गृह र भृकुटीमण्डप बुकिङ

मेरोन्यूज २०७८ भदौ १ गते १३:४०


काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको मिति तोकिएसँगै राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बिहान बुकिङ गरेको छ । मंसिरमा ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले आज अर्थात तीन महिना अघि नै हल बुकिङ गरेको हो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप आठ दिन बुकिङ गरिएको जानकारी दिए । उनका अनुसार मंसिर ७ देखि १४ गतेसम्म ८ दिनका लागि भृकुटीमण्डप बुकिङ गरिएको छ । यसअघि कांग्रेसको १३ औं महाधिवेशन पनि राष्ट्रिय सभा गृहमै सम्पन्न भएको थियो ।

कांग्रेसले छैटौ पटक महाधिवेशनको मिति परिमार्जन गरेको छ । पटक–पटक मिति तोक्दै सार्दै आएको कांग्रेसले शनिबार महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । क्रियाशील सदस्यताको बाँकी काम मंगलबारसम्म टुंग्याउने कार्यतालिका छ ।

प्रतिक्रिया