कांग्रेस महाधिवेशन लागि राष्ट्रिय सभा गृह र भृकुटीमण्डप बुकिङ
मेरोन्यूज
२०७८ भदौ १ गते १३:४०

काठमाडौं । नेपाली कांग्रेस महाधिवेशनको मिति तोकिएसँगै राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप मंगलबार बिहान बुकिङ गरेको छ । मंसिरमा ९ देखि १३ गतेका तय भएको १४ औं महाधिवेशनका लागि कांग्रेसले आज अर्थात तीन महिना अघि नै हल बुकिङ गरेको हो ।
कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले राष्ट्रिय सभा गृहको हल र भृकुटीमण्डप आठ दिन बुकिङ गरिएको जानकारी दिए । उनका अनुसार मंसिर ७ देखि १४ गतेसम्म ८ दिनका लागि भृकुटीमण्डप बुकिङ गरिएको छ । यसअघि कांग्रेसको १३ औं महाधिवेशन पनि राष्ट्रिय सभा गृहमै सम्पन्न भएको थियो ।
कांग्रेसले छैटौ पटक महाधिवेशनको मिति परिमार्जन गरेको छ । पटक–पटक मिति तोक्दै सार्दै आएको कांग्रेसले शनिबार महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक गरेको हो । क्रियाशील सदस्यताको बाँकी काम मंगलबारसम्म टुंग्याउने कार्यतालिका छ ।
सम्बन्धित
















पोखरामा गाडी दुर्घटना हुँदा १० जना घाइते
दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
वायु सेवा निगममा रिक्त पाँच सञ्चालक सदस्यका लागि सूचना आह्वान
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
अनलाइन ठगीमा संलग्नलाई कम्बोडियामा पाँच लाख अमेरिकी डलरसम्म जरिवाना गराइने
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
प्रतिक्रिया