ज्योतिषी गुरु पन्तको ‘दिव्य ज्योतिष विज्ञान’ पुस्तक बजारमा

काठमाडौं । ज्योतिषी गुरु दिवाकर पन्तको पुस्तक ‘दिव्य ज्योतिष विज्ञान’ सार्वजनिक भएको छ । वैदिक ज्योतिष क्षेत्रका विषयवस्तु समावेश गरि लेखिएको पुस्तक पैरवी बुक हाउसले प्रकाशनमा ल्याएको छ ।
पुस्तकमा ज्योतिषका आधारभूत विषयदेखि विस्तृत विषयहरु समावेश गरिएको लेखक पन्तले जानकारी दिए । उनका अनुसार नेपालमा ज्योतिष क्षेत्रमा पहिलो पटक आधुनिक प्रणाली अनुसार गरिएको अनुसन्धान समेत समावेश गरिएको छ ।
अनुसन्धान नेपाली भाषामा भरपर्दाे ज्योतिष क्षेत्रको पुस्तक अभाव रहेको सन्दर्भमा यस पुस्तकबाट वैदिक ज्योतिषका बारेमा आम सर्वसाधारणको अवधारणा, विचार, अभ्यास तथा सुझाव आदी थाहा मिलेको उनले बताए ।
पुस्तक ज्योतिष विद्याका विद्यार्थी, ज्योतिष विद्या अभ्यासरत ज्योतिषी, वैदिक धर्म संस्कृतिप्रति रुचि राख्ने, अध्यता, पण्डित, पुरोहित आदी सबैलाई उपयोगि हुने विश्वास लिएको उनको भनाई छ ।
नेपाली भाषामा ज्योतिष सम्बन्धि भरपर्दाे पुस्तक अभाव रहेको अवस्थामा विस्तृत रुपमा तयार पारिएको सरल यस पुस्तकले उक्त अभाव पूर्ति गर्ने विश्वास लिएको पैरवी बुक हाउसका अध्यक्ष अधिवक्ता चन्द्रप्रसाद सिवाकोटीले बताए ।
उनले यस पुस्तक छिट्टै देशभरका प्रमुख–प्रमुख पुस्तक पसलहरुबाट उपलब्ध हुने र हालका लागि पैरवी बुक हाउस पुतलीसडकबाट खरिद गर्न सकिने पनि जानकारी दिए ।

पुस्तकको मूल्य ६ सय ७५ रुपैयाँ तोकिएको छ ।
पुस्तकमा प्रधानमन्त्री केपी शर्मा ओली (हाल निवर्तमान प्रधानमन्त्री), नेपाली कांग्रेसका लोकप्रिय नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइराला, नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतम तथा संस्कृतिविद् हरिप्रसाद सोडारीले शुभकामना दिएका छन् ।
रेडियो कान्तिपुरमा कार्यरत ज्योतिषी पन्तले नियमित रुपमा मेरो न्युजमा पनि राशिफल लेख्दै आएका छन् । लेखक पन्तका सैयौँ लेखकहरु देशका राष्ट्रियस्तरका संचारमाध्यममा प्रकाशित भएका छन् ।
















ठगी कसुरमा स्मार्ट टेलिकम प्रालिका सर्वेश जोशी पक्राउ
सुकुम्बासी शिविरमा स्वास्थ्य परीक्षण, आजदेखि पठनपाठन सुरु
मुस्ताङका पर्यटकीय पदमार्ग स्तरोन्नति गरिँदै
रूस युक्रेन युद्धमा दुई दिने युद्धविराम घोषणा
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया