आइतबार, माघ १३, २०८१

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यले लिइन् पद तथा गोपनीयताको शपथ

मेरोन्यूज २०७८ भदौ २ गते २१:५३

काठमाडौं । बागमती प्रदेशमा मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकी छन् । बुधबार राति डोरमणि पौडेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएलगत्तै मुख्यमन्त्रीमा शाक्य नियुक्त गरिएको छ ।

Advertisement

शाक्यलाई प्रदेश प्रमुख विष्णु प्रसाईंले पद तथा गोपनीयताको शपथ गराएका छन् । पौडेलले आज दिउासो नै शाक्यलाई एमाले बागमतीको संसदीय दलको नेतामा नियुक्त गरेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धिको अध्यादेश जारी गरसँगै आजै एमाले विभाजन भएको थियो । नव गठित एमाले समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालको पक्षमा रहेकी शाक्य पार्टी विभाजन भएपछि नेपालको साथ छोडेकी हुन् ।

शाक्य बागमती प्रदेशको दोस्रो र नेपालकै पहिलो महिला मुख्यमन्त्री हुन् ।

प्रतिक्रिया