बिहीबार, जेठ १, २०८२

ओलीको माधव नेपालप्रति आरोप : एमालेलाई ३३ सिटमा खुम्च्याएर राजीनामा दिए

मेरोन्यूज २०७८ भदौ ३ गते १६:५२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालले २०६४ सालको चुनावमा २ सय ४० सिटमध्ये एमालेलाई ३३ सिटमा खुम्च्याएर मैले पार्टी ध्वस्त पारेँ भनेर राजीनामा दिएको दावी गरेका छन् । बिहीबार भक्तपुरमा जिल्ला पार्टीले गरेको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव पक्षले निकम्मापनको पराकाष्टामा पुर्याएर पार्टी सिध्याएर छाडेको बताएका हुन् ।
उनले सुदूर पश्चिममा आफ्नो पार्टीको बहुमत रहँदा पनि हुँदै नभएको माओवादीलाई काँधमा बोकेर सरकार दिएको, कर्णालीमा २० सिट आफ्नो पार्टीको हुँदा पनि माओवादीलाई बोकेर हिँडेको उनको आरोप छ । नेपाल प्रतिपक्ष दलको नेतालाई प्रधानमन्त्री बनाइदेउ भनेर राष्ट्रपति कार्यालय गएको, सर्वोच्च अदालत गएर पार्टीविरुद्ध घात गरेको उनको आरोप छ । उनलेभने,“ नेपालले जसरी भए पनि पार्टी फुटाउँन लागेका थिए ।”
नेता नेपालले हुँदाहुँदा बराबरी हैसियतको अध्यक्ष पद नै मागेको बताउँदै ओलीले दोश्रो तहको अध्यक्षसम्म दिन्छु भन्दापनि नमानेको बताए ।
उनले एमाले विभाजन गर्नका लागि कानुन मिचेर अध्यादेश ल्याएको भन्दै अबिलम्ब अध्यादेश फिर्ता लिएर संसद अधिवेशन बोलाउन माग गरे ।

प्रतिक्रिया