आइतबार, माघ १३, २०८१

वागमती प्रदेश प्रमुखमा यादव शर्मा नियुक्त

मेरोन्यूज २०७८ भदौ ४ गते १५:४२

काठमाडौं । बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् ।

Advertisement

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईलाई हटाएर यादवचन्द्र शर्मालाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

सोही सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् । नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

वागमती प्रदेश प्रमुखमा यादव शर्मा सिफारिस

प्रतिक्रिया