आजको राशिफलः यी राशिका व्यक्तिको दिन उत्तम छ
काठमाडौं । आज २०७८ साल भाद्र महिनाको ६ गते आइतबार, श्रावण शुक्लपक्षको पूर्णिमा तिथि । आज जनैपूर्णिमा, ऋषितर्पणी रहेको छ । आज जनै धारण गर्ने तथा रक्षाबन्धन गर्ने दिन रहेको छ । अब लागौं आजको राशिफलतर्फ
मेष
बोलीमा कडापन आउँदा यसले द्वन्द देखा पर्ने छ । जीवनमा प्राप्त भए गरेका सकारात्मक पक्ष भन्दा नकारात्मक विषयमा बढि मन जाने छ । सामान ढुवानी गर्ने सवारीसाधन, ठेक्कापट्टा, निर्माण सामग्री, विकास निर्माणका कामहरु, श्रमिक क्षेत्र, स्वास्थ्य सामानका आपूर्ति जस्ता क्षेत्रमा आवद्धहरुलाई समय अनुकुल रहने छ ।
वृष
दाम्पत्य जीवनमा जीवनसाथिको प्यार र प्रेमले जीवन मग्न हुने छ । प्रेम तथा रोमान्समा सफलता मिल्ने छ । दृढ खालको व्यक्तित्व हुने छ । व्यापार, विजनेश, वाणिज्य, एजेन्टिङ्ग, कारोवार जस्ता क्षेत्रमा सक्रियहरुलाई फाईदा हुने छ । रिस नियन्त्रणमा भने ध्यान दिनु होला । व्यवस्थापकीय क्षमतामा बृद्धि हुने छ ।
मिथुन
पारीवारिक जीवनमा द्वन्द देखा पर्न जाने छ । मनमा दुविधा धेरै आउँदा निर्णय क्षमतामा कमि आउने छ । पेशागत जीवन शुभ रहने भएकाले सन्तोष मिल्ने छ । धन सम्पत्तिको विषयमा मुद्धा मामिला खेप्नु पर्ने समय रहेको छ सतर्क रहनु होला ।
कर्कट
शारीरिक थकान र शरीर कमजोर हुन जाने छ । कमजोर मनोवल हुन पुग्ने छ । साझेदारीमा गरिएका कामहरुमा बिबाद र द्वन्द देखिने छ । सम्पत्ति तथा सञ्चित रहेको धन सम्पत्तिामा नोक्सानी हुने समय देखिएकाले सतर्क रहनु होला ।
सिंह
शारीरिक सुखको अभाव हुने छ । प्राप्त भइरहेको सुख सयलका पक्षहरु गुम्ने चुनौति रहेको छ । पेशागत जीवनमा कदर र उन्नति हुने पेशाप्रति प्रतिबद्ध हुन मन लाग्ने छ । साझेदारीमा गरिएका काममा भने द्वन्द चर्किने जाने छ ।
कन्या
आम्दानी सोच जस्तो नहुँदा मनोबलमा कमि आउने छ । पेशागत जीवन औसत प्रकृतिको रहने छ । मेहनत र पराक्रमी भाव मनमा उत्पन्न हुने छ । तर भाग्यको साथ नभएकाले आँटेका कामहरु पुरा हुन कठिन हुन जाने छ ।
तुला
पेशागत जीवनमा भने केही अस्थिरताका क्रम देखा पर्ने छ । व्यवस्थापकीय क्षमतामा कमि आउँदा कार्यस्थलमा प्रदर्शन कम हुन जाने छ । जीवनमा उपलब्धिहरु परिवारप्रति समर्पित गर्न मन लाग्ने छ । यसले पारीवारिक जीवनमा खुशीयाली ल्याउने छ । बोली नरम रहने छ ।
वृश्चिक
मनमा सकारात्मक भन्दा नकारात्मक विचारले पेल्ने हुँदा जीवन र जगतलाई सकारात्मक दृष्टिकोणबाट हेर्ने प्रयास गर्नु होला । पेशागत जीवनमा अन्यौलता उत्पन्न हुने छ । भाग्यहिनताको अभाष हुँदा आफै प्रति निराशाजनक विचार आउने छ ।
धनु
पारीवारिक जीवन सामान्यतया सकारात्मक रहने छ । साझेदारमिा गरिएका कामहरुमा बिबाद देखा पर्ने छ । शरीरमा धेरै थकाई लाग्ने छ भने मनमा दुविधा धेरै आउने छ । पेशागत जीवनमा मौन रहनु नै उपयुक्त हुने छ । धैर्य भएर अघि बढ्नु पर्ने खालको समय छ ।
मकर
दृढ खालको व्यक्तित्व हुँदाहुँदै पनि रिस भने असाध्यै चर्काे हुने हुँदा कामहरु बिग्रिन पुग्ने भएकाले संयमित रहनु होला । जीवनसाथिको सल्लाहमा काम गरेमा फाइदा मिल्ने छ । आम्दानीमा केन्द्रीत रहनु पर्छ भन्ने इच्छाशक्तिमा बृद्धि हुने छ ।
कुम्भ
प्रतिष्पर्धात्मक स्वाभावमा कमि देखा पर्ने छ । पेशागत जीवनमा प्रतिष्पर्धीहरुले दबाउन प्रयास गर्ने भएकाले यस बारेमा सतर्क रहने प्रयास गर्नु होला । बौद्धिक स्तरमा बृद्धि हुने छ तर त्यसको कदर नहुँदा मनमा खिन्नता आउने छ ।
मीन
जोखिमका क्षेत्रमा सक्रियहरुले अरुलाई छिट्टै विश्वास गर्नु भन्दा तौलेर मात्र विश्वास गर्नु होला । भाग्यको बलियो साथ रहेको छ । आम्दानीमा केही बृद्धि हुन जाने छ । पेशागत जीवनमा भने संघर्ष गर्नु पर्ने छ । पेशागत जीवनमा सचेत भएर निर्णयहरु लिनु पर्ने देखिन्छ ।
ज्यो. दिवाकर पन्त
ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८
प्रतिक्रिया