नेपालमा औषधि गुणस्तर परीक्षणको काम अपर्याप्त

काठमाडौँ । नेपालमा औषधिको गुणस्तर परीक्षण गर्नु पर्ने काम पर्याप्त मात्रामा नभएको पाइएको छ । हालै सार्वजनिक भएको महालेखा नियन्त्रक कार्यालयको ५८ औँ वार्षिक प्रतिवेदनले औषधिको गुणस्तर परीक्षण गर्नु पर्ने काम पर्याप्त नभएको देखाएको हो ।
नेपालमा औषधि व्यवस्था विभागले बजारमा उपलब्ध हुने औषधिको गुणस्तरको परीक्षण गर्नु पर्ने कानुनी व्यवस्था रहेको छ । तर, औषधि ऐन २०३५ को दफा १३ र १४ मा औषधिको गुणस्तर जाँच गर्नु पर्ने व्यवस्था गरिएको छ । औषधिको गुणस्तर कायम राख्नु पर्ने गुणस्तर परीक्षणको काम भने पर्याप्त मात्रामा हुन नसकेको प्रतिवेदनले देखाएको छ ।
विभागले आर्थिक वर्ष २०७७/०७८ मा ९१८ नमुना परीक्षण गरेको थियो । जसमा ८८ प्रतिशत अर्थात ९.५८ प्रतिशत औषधिमा कैफियता देखिएको छ । यसरी मापदण्ड पूरा नभएका ४० प्रकारका औषधि बजारबाट फिर्ता गर्न निर्देशन दिने निर्णय गरेको छ । तर, औषधिको गुणस्तरमा विश्वास हुने अवस्था नदेखिएको समेत प्रतिवेदनमा उल्लेख छ ।
‘औषधिको गुणस्तरमा आश्वस्त हुने अवस्था देखिएन, औषधिको गुणस्तर परीक्षणको दायरा बढाउनुका साथै अनुगमन कार्यलाई थप प्रभावकारी बनाउनु पर्दछ’, प्रतिवेदनमा भनिएको छ ।
औषधिको गुणस्तर परीक्षणको दायरा बढाउनुका साथै अनुगमनको कार्यलाई थप प्रभावकारी बनाउन महालेखाले विभागलाई सुझाव दिएको छ । सोही प्रतिवेदनको औषधि ऐन २०३५ को दफा २६ मा औषधि व्यवस्था विभागले आवश्यक देखे कुनै औषधिको मूल्य निर्धारण गरी राजपत्रमा प्रकाशन गर्न सक्ने व्यवस्था छ ।
विभागले ऐन जारी भएदेखि आर्थिक वर्ष २०७७/०७८ मा १४४ प्रकारको औषधिको मूल्य निर्धारण गरेकोमा ११७ औषधिको मूल्य मात्र राजपत्रमा प्रकाशित गरेको पाइएको छ । तर, विभागले भन्सार प्रयोजनका लागि, औषधि तथा मोड्यूकल दर्तासमेत मूल्य निर्धारण गरेको छ । मूल्य निर्धारण भएका सबै औषधिको मूल्य सार्वजनिक गर्न महालेखाले विभागलाई सुझाव दिएको छ ।
















‘बुद्धका सन्देश नै दिगो शान्ति र समृद्धिका आधार’:राष्ट्रपति पौडेल
लगातार तेस्रो दिन घट्यो सेयर बजार, नेप्से २७३८ अंकमा
अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया