शिशु अपहरण गरी बेपत्ता पारेर प्रहरीलाई खबर
काठमाडौँ । गत भदौ ३ गते राति आफैले दश महिनाको शिशुलाई अपहरण गरी बेपत्ता पारेको बयान एक व्यक्तिले दिएका छन् । जुम्लाको हिमा गाउँपालिका ३ स्थित जुम्ला च्यामा गाउँका २६ वर्षीय दानबहादुर रोकायाले सोही वडाको मोफ्ला गाउँका १९ वर्षीया भदुरी कठायतको १० महिने शिशु (छोरा खेमराज)लाई अपहरण गरी बेपत्ता पारेको जिल्ला प्रहरी कार्यालयमा बयान दिएका हुन् ।
‘आफ्नो घर नजिकै रहेको पसलमा बस्दै आएकी भदुरी कहाँ यही भदौ ३ गते राति ९ः३० बजे पुगेका अभियुक्त रोकायले भदुरी तिमीलाई आमाले बोलाएकी छिन् भनी झुक्याएका र उनी निस्केपछि भित्र पसेर शिशु अपहरण गरी बेपत्ता पारेका रहेछन्,’ प्रहरी निरीक्षक नवीन थापाले भने ।
साबिती बयानपछि अभियुक्तलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराई हिरासतमा राखेर थप अनुसन्धान थालिएको बताइएको छ । निजलाई कर्णाली प्रदेश प्रहरी तथा सुर्खेत जिल्ला प्रहरी कार्यालयको समन्वयमा पक्राउ गरिएको थियो ।











पदावधि छँदै उपसभामुख इन्दिराले दिइन् राजीनामा
कार्यसम्पादन समितिको बैठकको निर्णय कार्यान्वयन गर्न कांग्रेसकाे निर्देशन
सिद्धार्थ बैंकको २३ औँ वार्षिकोत्सव सम्पन्न
तीन राजनीतिक दलले बुझाए समानुपातिकको बन्द सूची
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
प्रतिक्रिया